ad ad

कला


जेनिशा गौतमको ‘यहीं कतै ‘ सार्वजनिक (भिडिओ)

जेनिशा गौतमको ‘यहीं कतै ‘ सार्वजनिक (भिडिओ)

नेपालखबर
पुस ३, २०७९ आइतबार १७:१३, काठमाडौँ

प्रबिशा अधिकारी र शनिष श्रेष्ठमा रहेको ‘यहीं कतै ‘ गीतको भिडियो सार्वजनिक भएको छ। 

किरण पुनको शब्द तथा सुबास भुषालले संगीत र उदय राज पौडेलको एरेन्ज गीतमा रहेको छ। प्रेम कथामा आधारित गीतमा जिवनका सुनौला पलहरुलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ।

जेनिशा निर्देशित यहीं कतै बोलको गीतमा जेनिशा र प्रज्वल गौतमको अभिनय देख्न सकिन्छ। गीतको भिडियोमा आकर्षक रुपमा अष्ट्रेलियाको सिड्नी आसपासको  विभिन्न स्थानमा छायांकन गरिएको छ।

जेनिशाको अभिनय एबम् स्वरमा यस अघि ऐंसेलु दाना, महँगीले मार्यो बरिलै, माया बराबरी, सुटुक्कै लगायतका बिभिन्न लोकप्रिय गीतहरु सार्बजनिक भैसकेका छन्। गायन र अभिनयमा जमेकी उनको भिडिओ निर्देशनमा भने यो पहिलो प्रयास रहेको उनले बताइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .