अभिनेत्री सुरक्षा पन्त र गायक तथा अभिनेता मानव सुबेदीको टिकाटालो भएको छ।
अभिनेत्री पन्तले फेसबुकमा फोटो सेयर गर्दै लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदै छ। हामी धेरै खुसी छौँ। आशिर्वाद दिनुहोला।’
पन्त र सुवेदीले झन्डै सात वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन्।
भोलि फागुन २५ गते चितवनमा वैवाहिक समारोह आयोजना हुने बताइएको छ।
उक्त समारोहमा परिवार र नजिकका आफन्तलाई मात्र डाकिएको छ।
51
Shares
प्रतिक्रिया