ad ad

कला


सलमानलाई आयो फेरि हत्या गर्ने धम्की, सुरक्षाका लागि घरबाहिर अस्थायी प्रहरी चौकी नै स्थापना

सलमानलाई आयो फेरि हत्या गर्ने धम्की, सुरक्षाका लागि घरबाहिर अस्थायी प्रहरी चौकी नै स्थापना

लरेन्स गिरोहबाट धम्कीपूर्ण मेल आएपछि सलमानका म्यानेजरले एफआईआर दर्ता गराएका छन्।


नेपालखबर
चैत ७, २०७९ मंगलबार ८:५०, काठमाडौँ

मुम्बई प्रहरीले बलिउड सुपरस्टार सलमान खानको सुरक्षा बढाएको छ। लरेन्स बिश्नोई र गोल्डी ब्रारबाट धम्कीपूर्ण मेल प्राप्त भएपछि मुम्बई प्रहरीले सलमानको बान्द्रास्थित घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर अस्थायी प्रहरी चौकी नै स्थापना गरेको छ। यसमा दुई जना सहायक प्रहरी निरीक्षक (एपीआई) र ८–१० हवल्दार २४ घण्टा खटिनेछन्। सलमानको घर नजिक फ्यानहरूको भीड जम्मा हुन सकेको छैन।

सलमानसँग पहिले नै वाई श्रेणीको सुरक्षा छ। उनी बुलेट प्रुफ गाडीमा मात्रै घर बाहिर निस्कन्छन्, जसमा उनका निजी गार्डहरू पनि बस्छन्।

सेड्युल परिवर्तन गर्न सुझाव 
स्रोतका अनुसार सलमानका परिवारका सदस्यहरू यस विषयमा निकै चिन्तित छन्। यस मामिलामा प्रहरीले प्रशान्त गुञ्जालकरको उजुरीका आधारमा लरेन्स बिश्नोई, गोल्डी ब्रार र रोहित ब्रारविरुद्ध एफआईआर दर्ता गरेको छ। साथै, प्रहरीले सलमानलाई कुनै पनि आउटडोर सुटिङ वा कुनै प्रमोसनल कार्यक्रममा सहभागी हुन निषेध गरेको छ। यद्यपि सलमान खान अहिले मुम्बईमा छैनन्। उनी आफ्नो आगामी फिल्म ‘किसी का भाइ किसकी जान’ को प्रमोसनमा व्यस्त छन्।

अन्तर्वार्तामा लरेन्सले सलमानको हत्या गर्ने बताएका थिए
वास्तवमा, हालै जेलभित्रका ग्याङ्स्टर लरेन्स बिश्नोईले एबीपी न्युजलाई दिएको अन्तर्वार्तामा सलमान खानको हत्या गर्ने धम्की दिएका छन्। यो घटना छिट्टै गराउने दाबी उनले गरेका छन्। त्यसपछि सलमान खानका म्यानेजर जोर्डी पटेलले मार्च १९ मा एउटा धम्कीपूर्ण इमेल प्राप्त गरेका छन्। 

दैनिक भास्करका अनुसार जसमा लेखिएको छ, ‘गोल्डी ब्रारलाई तिम्रो बोस सलमानसँग कुरा गर्नुछ। सलमानले लरेन्स बिश्नोईको अन्तर्वार्ता हेरेकै होलान्। हेरेका छैनन् भने उनलाई अन्तर्वार्ता हेर्न भनिदेऊ। विषय गर्न चाहन्छौ भने कुरा गराइदेऊ। फेस टु फेस कुरा गर्ने भए पनि भनिदेऊ। तिमीलाई समयमै जानकारी गराइएको छ। अर्कोपटक त झट्का मात्र हेर्न पाइन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .