काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कविता लेखेका छन्।
उनले शनिबार सामाजिक सञ्जालमा कविता लेखेका हुन्।
यस्तो छ उनको कविता–
हामी मनुष्यलाई एकदिन मर्नुपर्छ,
कसैलाई याद हुँदैन,
तर बिर्सिनु पनि त सही छैन
एकदिन यो पाऊले धर्ती टेक्दैन,
एकदिन यो शरीरले हुरी छेक्दैन,
एकदिन यो आँखाले संसार देख्दैन,
एकदिन हातले मनको कुरा लेख्दैन,
इतिहास लेख्छौँ, तर गल्ती मेट्दैन,
एकदिन,
हामी जति बिकाऊ भए पनि,
आत्माले आफू बेच्दैन।।
471
Shares
प्रतिक्रिया