ad ad

कला


‘जय हो’को नयाँ गीत ‘राजा–रानी’ सार्वजनिक (भिडिओ)

‘जय हो’को नयाँ गीत ‘राजा–रानी’ सार्वजनिक (भिडिओ)

नेपालखबर
साउन १२, २०८० शुक्रबार १६:०, काठमाडौँ

आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जय हो’को नयाँ गीत ‘राजा–रानी’ सार्वजनिक गरिएको छ। शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको रोमान्टिक थिमको गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारी प्रस्तुत छन्।

गीतले उनीहरुको प्रेमभाव बोल्छ। गीतमा सागर आले मगर र सदिक्ष्या कट्टेलको स्वर छ भने सागर स्वयंको शब्द तथा संगीत छ।

गीत सार्वजनिक भएसँगै सलोन शुक्रबार साँझ अष्ट्रेलियातर्फ जाँदैछन्। फिल्मको प्रदर्शनका लागि उनी अष्ट्रेलिया जान लागेका हुन्। यसैले उनी उड्नुभन्दा अगाडि निर्माण टिमले पत्रकारसँग भेटघाट गर्दै नयाँ गीत सार्वजनिक गरेको हो।

अष्ट्रेलिया जाने निश्चित भएपछि सलोन दुई हप्ता फिल्मको प्रचारमा राम्रै खटेका थिए। अब फिल्मको प्रचारमा अरु कलाकार सक्रिय हुने जनाइएको छ।

टेक पौरखी राईद्वारा निर्देशित फिल्ममा केकी र सलोनसँगै माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुवी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ।
 
फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ। फिल्मका निर्माता राज के अधिकारी र सुरज सरकार हुन्।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन्। फिल्मलाई मुस्ताङ र पोखरा क्षेत्रमा खिचिएको हो।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .