बलिउड गायक अरमान मलिकले इन्गेजमेन्ट गरेका छन्। उनले सोमबार आफ्नी प्रेमिका आशना श्राफसँग इन्गेजमेन्ट गरेका हुन्।
उनीहरूले इन्स्टाग्राममार्फत इन्गेजमेन्टका तस्बिर सार्वजनिक गर्दै यसको जानकारी दिएका हुन्।
अरमानले लेखेका छन्, ‘अब हाम्रो जीवनभरको साथ सुरु भयो।’
भारतीय सञ्चारमाध्यमका अनुसार ‘जब तक’ गीतका गायक अमरमान र आशना लामो समयदेखि प्रेम सम्बन्धमा थिए।
अरमान मलिक संगीतकार दबो मलिकका छोरा हुन्। उनका दाइ अमाल मलिक पनि संगीत क्षेत्रमै छन्।
आशना श्राफ फेसन इन्फ्लुएन्सर हुन्। उनले ब्युटी र फेसनसँग सम्बन्धित भ्लग बनाउँछिन्।
243
Shares
प्रतिक्रिया