नेपाली फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’मा अभिनेत्री आँचल शर्माले अभिनय गर्ने पक्का भएको छ। यो फिल्ममा आँचलले अभिनेता दयाहाङ राईसँग रोमान्स गर्नेछिन्।
फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन्।
सोही नाममा मण्डला थिएटरले वि. सं २०७१ सालमा दयाहाङकै निर्देशनमा नाटक मञ्चन गरेको थियो। फिल्मको कथा पनि यही नाटकको सेरोफेरोमा हुने बताइएको छ।
फिल्मले शैक्षिक वेरोजगारीलाई कथामा पेस गर्नेछ।
रामबाबुको यो फिल्मका लागि दयाको जोडीका लागि आँचलसँगै अन्य दुई अभिनेत्रीलाई निर्माण पक्षले सम्भावित सूचिमा राखेको थियो। आँचलले ती दुई अभिनेत्रीलाई पाखा लगाउँदै फिल्म हात पारेकी हुन्।
हास्य रसमा पेस हुने यो फिल्मले ‘किन चाउरियो मरिच, आफ्नै रागले’लाई आफ्नो कथाको थिम बनाएको छ।
फिल्ममा दयाहाङ र आँचलका अलावा माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरेको अभिनय रहनेछ।
फिल्म बासुरी फिल्म्सको ब्यानरमा बन्न लागेको हो।
Shares
प्रतिक्रिया