ad ad

ग्लोबल


पुटिन भेट्न उत्तर कोरियाली नेता किम यसै महिना रुस जाने सम्भावना, यस्तो छ योजना

पुटिन भेट्न उत्तर कोरियाली नेता किम यसै महिना रुस जाने सम्भावना, यस्तो छ योजना

नेपालखबर
भदौ १९, २०८० मंगलबार १३:३२, काठमाडौँ

उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उन राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न यसै महिना रुसको भ्रमणमा जानसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

अधिकारीहरूका अनुसार उनीहरूबीच युक्रेनसँग चलिरहेको युद्धमा रुसलाई सहयोग गर्न उत्तर कोरियाबाट हतियार आयात गर्ने विषयमा वार्ता हुने सम्भावना छ।

अमेरिकामा बीबीसीको सहायक संस्था सीबीएसले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो। तर, दुई नेताबीचको भेटवार्ताको स्थल भने तय भएको छैन।

रुस वा उत्तर कोरियाका कुनै पनि अधिकारीले यस रिपोर्टबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

स्रोतहरूले न्युयोर्क टाइम्ससँग किम सशस्त्र रेल चढेर रुस जाने सम्भावना रहेको जानकारी दिएका छन्। 

यसअघि अमेरिकाले दुई देशबीच हतियारसम्बन्धी वार्ता तीव्र गतिमा अघि बढेको जानकारी प्राप्त भएको बताएको थियो। 

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले रुसी रक्षामन्त्री सर्गेई शोइगुले जुलाईमा उत्तर कोरियाको भ्रमणका क्रममा उत्तर कोरियालाई हतियार बेच्न सहमत गराउने प्रयास गरेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .