ad ad

कला


नेपाली फिल्ममा अभिनय गर्ने तयारीसहित काठमाडौँ आए बलिउड अभिनेता ह्यारी

नेपाली फिल्ममा अभिनय गर्ने तयारीसहित काठमाडौँ आए बलिउड अभिनेता ह्यारी

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार ८:४६, काठमाडौँ

बलिउड अभिनेता ह्यारी जोशले नेपाली फिल्ममा अभिनय गर्ने भएका छन्। नेपाली फिल्ममा अभिनय गर्ने उद्देश्यसहित उनी काठमाडौँ आएका छन्। 

ह्यारी जोश बलिउडमा नकारात्मक भूमिकामा रुचाइएका कलाकार हुन्। ‘वान्टेड’, ‘धूम २’, ‘वेलकम’ जस्ता फिल्ममा अभिनय गरिसकेका उनी नेपाली फिल्म ‘देव वाणी’मा देखिन लागेका हुन्।

फिल्ममा अभिनय गर्न उनी बुधबार नेपाल आइसकेका छन्। उनलाई फिल्मको टिमले त्रिभुवन विमानस्थालमा खादा र मालाले स्वागत गरेको थियो।

बिहीबार बिहानदेखि बालाजु ल्याबमा जोशको भागको छायांकन सुरु भएका् निर्देशक बाबु साहेव बलामीले बताए । करिब ६ दिन फिल्मको अन्तिम चरणको छायांकन गर्ने तयारी छ।

फिल्ममा ह्यारीको विशेष भूमिका रहने बलामीले जानकारी दिए । फिल्म हिन्दी भाषामा पनि बनेकाले भारतीय कलाकारलाई समेटिएको उनले बताए। फिल्म नेपालसँगै भारतमा पनि हलमा रिलिज हुनेछ। दशैंभन्दा अगाडि नै सिमरा र वीरगञ्ज क्षेत्रमा छायांकन भैसकेको फिल्मको काठमाडौं छायांकनपछि प्याकअप हुनेछ।

एक्सन लभस्टोरी कथामा बनेको फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुव कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, मौसम पौडेल, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिनाको पनि अभिनय रहेको छ। मिना खड्का र हिराबहादुर लेप्चा फिल्मका निर्माता हुन्।

अनुजा इन्टरटेनमेन्ट र मौसम फिल्म्स प्रोडक्सन हाउसले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलको हो। 

फिल्मको कार्यकारी निर्मातामा कुलमान लेप्चा छन्। श्री श्रेष्ठको द्वन्द्व, हरिबहादुर घलेको छायांकन, रामजी लामिछाने र तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत र बन्दे प्रसादको सम्पादन फिल्ममा रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .