जनता समाजवादी पार्टी (जसपा) ले रुपन्देहीमा लुम्बिनी प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण आयोजना गरेको छ।
रुपन्देहीको श्रीलंका गेष्टहाउसमा तीन दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ्गलगायतका नेता तथा विषय विज्ञहरुले प्रशिक्षण दिएका छन्।
अध्यक्ष यादवले पार्टीको आदर्श, सामाजिक न्याय, सुशासन र समाजवादबारे प्रशिक्षण दिएका पार्टीका लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक यादवले जानकारी दिए। त्यसैगरी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले संघवादका आधारभूत सिद्धान्त र समाजवादको नेपाली बाटोको विषयमा प्रशिक्षण दिएका छन्।
पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङ्गले पार्टीको विधान र विधानले निर्दिष्ट गरेका सिद्धान्तका बारेमा प्रशिक्षण दिएका छन्।
कार्यक्रममा प्रदेश अन्तर्गतका केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय समिति, प्रदेश समिति, पहिचानका राष्ट्रिय समिति, जिल्ला समिति, भ्रातृसंगठनका प्रतिनिधि गरी एक सय पच्चिस जना भन्दा धेरै सहभागी थिए।
पार्टीका नेताका साथै डा.पुष्पराज राजकर्णिकार, अर्जुन थापा, मनिकर कार्कीलगायतका विषय विज्ञहरुले पनि प्रशिक्षण दिएका छन्।
Shares
प्रतिक्रिया