घनश्याम लामिछाने निर्देशित चलचित्र ‘चित्रा’ १० वर्षमुनिका बालबालिकाले सित्तैमा हेर्न पाउने भएका छन्। पुस २७ गते रिलिज हुने यस फिल्म १० वर्षमुनिका बालबालिकाले सितैमा हेर्न पाउने निर्माण टिमले घोषणा गरेको छ।
यस फिल्ममार्फत अभिनेता सन्तोष अधिकारीले डेब्यु गरेका छन्। साथै फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरि, शुभेक्षा खड्का, मेनुका प्रधान, सिम्रन खड्का, अन्जना बराइली, प्रकाश घिमिरे तथा बालकलाकार आयुशी ढकालको अभिनय रहेको छ। यस फिल्मले बाबुछोरीको मार्मिक कथालाई समेटेको छ।
टिकट १० वर्षमुनिका बालबालिका लागि निःशुल्क भए पनि अभिभावकका लागि भने शुल्क लाग्ने बताइएको छ। साथै ‘चित्रा’ नाम भएकी बालिकाले सोको प्रमाण पेस गरेमा ३ वटा टिकट नि:शुल्क पाउने घोषणा फिल्मका कार्यकारी निर्माता सन्तोष अधिकारीले जानकारी दिए।
उनले यो घोषणा व्यापारिक रणनीतिका लागि मात्र नभई आफ्नो फिल्म धेरैभन्दा धेरै दर्शकले हेरुन् भन्ने उद्देश्यसँगै नेपाली बालबालिकालाई सानैदेखि नेपाली फिल्म हेर्नुपर्छ भन्ने सन्देशका लागि गरेको बताए।
आशिष थापा मगरले निर्माण गरेको फिल्ममा अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको छ। यस फिल्मलाई महेश पौडेलले छायाङ्कन गरेका हुन्।
Shares
प्रतिक्रिया