ad ad

कला


जुनियर एनटीआरको फिल्म ‘देवरा पार्ट १’ को टिकटको मूल्य बढाउन सरकारको आदेश

जुनियर एनटीआरको फिल्म ‘देवरा पार्ट १’ को टिकटको मूल्य बढाउन सरकारको आदेश

नेपालखबर
असोज ६, २०८१ आइतबार १५:७, काठमाडौँ

जुनियर एनटीआर स्टारर दक्षिण भारतीय फिल्म ‘देवरा पार्ट १’ सेप्टेम्बर २७ मा रिलिज हुँदैछ। यस फिल्मलाई लिएर यतिखेर दर्शकहरू निकै उत्साहित छन्। फिल्मको ट्रेलरको पनि चर्चा भइरहेको छ। 

प्रिमियर हुनुअघि आन्ध्र प्रदेश सरकारले चलचित्रको टिकटको मूल्य बढाएको छ। र, रोज्यामा यसको विशेष प्रदर्शनलाई पनि अनुमति दिएको छ। 

सरकारले एक सूचना जारी गर्दै फिल्मको टिकटको मूल्य बढाउन अनुमति दिएको छ। जसमा माथिल्लो वर्गको टिकटमा रु ११०, तल्लो वर्गको टिकटमा रु ६० र मल्टिप्लेक्सको टिकटको मूल्य १३५ भारतीय रूपैयाँले बढाउन आदेश दिइएको छ। 

कोरतला सिवाद्वारा निर्देशित यस फिल्ममा जान्हवी कपुर, सैफ अली खान, प्रकाश राज, श्रीकान्त र शाइन टम चाको मुख्य भूमिकामा छन्। बलिउड अभिनेत्री जान्हवी कपुर यसै फिल्ममार्फत साउथमा डेब्यु गर्देछिन्। 

योसहित प्रदर्शनको दिन बिहानबाट नभई मध्यराति १२ बजेबाटै फिल्म देखाउन सुरु गरिनेछ। जसको लागि मध्यरातिबाटै ६ विशेष शो प्रदर्शन र दोस्रो दिन ५ विशेष शो गर्न अनुमति दिएको छ। 

यस फिल्मलाई सेन्सर बोर्डले यूरए सर्टिफिकेट दिएको छ। ‘बलिउड हंगामा’ को रिपोर्ट अनुसार सीबीएफसीको गाईडलाइन पछ्याएर परिवर्तन गरिएको हो।

हिंसा न्यूनीकरण गर्न तीनवटा दृश्य परिवर्तन गरिएको छ। ६ वर्षपछि जुनियर एनटीआरको सोलो फिल्म रिलिज हुन लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .