ad ad

ग्लोबल


प्रत्यक्ष प्रसारणकै क्रममा अल जजिराको कार्यालयमा पस्यो इजरायली सेना

प्रत्यक्ष प्रसारणकै क्रममा अल जजिराको कार्यालयमा पस्यो इजरायली सेना

नेपालखबर
असोज ६, २०८१ आइतबार ११:३२, काठमाडौँ

इजरायली सेनाले आफ्नो कब्जामा रहेको वेस्ट बैंकको रामल्लाहस्थित न्युज च्यानल अल जजिराको कार्यालयमा छापा मारेको छ। उसले अल जजिराको कार्यालय ४५ दिनका लागि बन्द गर्न आदेश पनि दिएको छ।

आइतबार बिहान सशस्त्र तथा मुखौटा लगाएका इजरायली सैनिक प्रत्यक्ष प्रसारण भइरहेकै बेला अल जजिराको कार्यालयमा प्रवेश गरेको बीबीसीले जनाएको छ। 

त्यसपछि उनीहरूले अल जजिराको वेस्ट बैंक ब्युरो प्रमुख वालिद अल-ओमारीलाई न्युज च्यानल बन्द गर्न आदेश दिए। जुन दर्शकले लाइभ हेरिरहेका थिए। 

अल जजिराले भनेको छ, ‘यसरी पत्रकारहरूलाई निशाना बनाउनुको उद्देश्य सत्य मेटाउने र मानिसहरूलाई सत्य सुन्नबाट रोक्नु हो।’ 

गत अप्रिलमा इजरायलको संसद्‌ले एउटा कानुन पारित गरेको थियो, जसले सरकारलाई युद्धको समयमा राष्ट्रिय सुरक्षाका लागि खतरा मानिने विदेशी समाचार प्रसारकलाई अस्थायी रूपमा बन्द गर्ने अधिकार दिएको छ। 

अल जजिरामा लगाइएको प्रतिबन्ध सुरुमा ४५ दिन तोकिए पनि यो अवधि बढ्ने सम्भावना छ।

मे महिनाको सुरुमा पनि नाजेरेथ र पूर्वी जेरुसेलममा अल जजिराको कार्यालयमा छापा मारिएको थियो।

इजरायलले आइतबारको कारबाहीबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .