कला


खुल्यो प्रभास स्टारर ‘सलार’को अग्रिम बुकिङ, निर्देशक राजामौलीले किने पहिलो टिकट

खुल्यो प्रभास स्टारर ‘सलार’को अग्रिम बुकिङ, निर्देशक राजामौलीले किने पहिलो टिकट

नेपालखबर
मंसिर ३०, २०८० शनिबार १३:२२, काठमाडौँ

प्रभास स्टारर दक्षिण भारतीय फिल्म ‘सलार’ अहिले चर्चामा छ।

यही डिसेम्बर २२ देखि प्रदर्शन हुने यस फिल्मको अग्रिम बुकिङ सुरु भइसकेको छ। अग्रिम बुकिङ खुलेसँगै निर्देशक एसएस राजामौलीले पहिलो टिकट किनेका छन्।

‘सलार’ को प्रोडक्सन कम्पनी होमबल फिल्म्सले एक्समा एक फोटो सेयर गर्दै राजामौलीले ‘सलार’को पहिलो टिकट खरिद गरेको जानकारी दिएका हुन्। उक्त तस्बिरमा प्रभास र राजामौलीसहित पृथ्वीराज सुकुमारन देखिन्छन्। 

प्रभासले राजामौलीको निर्देशित सुपरहिट फिल्म बाहुबलीमा काम गरिसकेका छन्। बाहुबलीको पहिलो र दोस्रो पार्टमा प्रभास मुख्य भूमिकामा छन्। 

‘सलार’ : पार्ट वान सिजफायको अग्रिम बुकिङ कर्नाटक, केरला र बैंगलुरुमा पनि खुलिसकेका छन्। तेलुगु, मलयालम र तमिल भाषामा ‘सलार’को झण्डै ५० लाख भारतीय रुपैयाँ बराबरका २२ हजार ११७ टिकट बिक्री भइसकेका छन्। 

केजीएफ फेम्ड प्रशान्त निलको निर्देशन तथा कथा/पटकथा रहेको यस फिल्ममा प्रभास र पृथ्वीराजका साथै टिनु आनन्द, श्रुति हसन र जगपति बाबुको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .