कला


अस्कर अवार्डमा ‘ओपेनहाइमर’ उत्कृष्ट फिल्म घोषित, अरु फिल्मले कुन अवार्ड जिते?

अस्कर अवार्डमा ‘ओपेनहाइमर’ उत्कृष्ट फिल्म घोषित, अरु फिल्मले कुन अवार्ड जिते?

नेपालखबर
फागुन २८, २०८० सोमबार १०:२१, काठमाडौँ

९६ औं अस्कर अवार्डमा फिल्म ‘ओपेनहाइमर’ उत्कृष्ट घोषित भएको छ। 

अमेरिकास्थित हलिउडको डल्बी थिएटरमा नेपालीसमयअनुसार आज बिहान भएको समारोहमा ओपेनहाइमरले उत्कृष्ट फिल्मको अवार्ड जितेको हो।    

क्रिस्टोफर नोलम निर्देशित यो फिल्म उत्कृष्ट फिल्मसहित ७ विधामा अवार्ड जित्न सफल भएको हो। मनोनयनतर्फ भने यो फिल्म सर्वाधिक १३ विधामा परेको थियो। 

‘ओपेनहाइमर’ बाट क्रिस्टोफर उत्कृष्ट निर्देशक बन्दा अभिनेता किलियन मर्फी बेस्ट एक्टर घोषित भए। रोबर्ट डाउने जुनियरले पनि पहिलोपटक अस्करमा सहायक अभिनेताको अवार्ड हात पारे। 

त्यसैगरि, उत्कृष्ट सम्पादन, उत्कृष्ट छायाङ्कन र बेस्ट स्कोरसहितको अवार्ड पनि ओपेनहाइमरले जितेको छ। ओपेनहाइमर अमेरिकी वैज्ञानिक जे रोबर्टको बायोपिक फिल्म हो। यस फिल्मले रोबर्टको परमाणु बमको विकास गरेको कुरालाई व्याख्या गर्छ। 

‘पुअर थिंग्स’ बाट एम्मा स्टोनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन्। अन्तर्राष्ट्रिय फिचरतर्फ बेलायती फिल्म ‘द जोन अफ इन्ट्रेस्ट’ उत्कृष्ट भएको छ।

यस्तो छ अस्कर अवार्ड विजेताको सूची

उत्कृष्ट फिल्म- ओपेनहाइमर
उत्कृष्ट निर्देशक- क्रिस्टोफर नोलम (ओपेनहाइमर)
उत्कृष्ट अभिनेता-किलियन मर्फी (ओपेनहाइमर)
उत्कृष्ट अभिनेत्री-एम्मा स्टोन (पुअर थिंग्स)
उत्कृष्ट सहायक अभिनेता-रोबर्ट डाउने जुनियर (ओपेनहाइमर)
उत्कृष्ट सहायक अभिनेत्री- द भाइन जोय रान्डोल्फ (द होल्डओभर्स)
उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर- द जोन अफ इन्ट्रेस्ट 
उत्कृष्ट एनिमेटेड फिचर- द ब्वाय एण्ड हेरोन
उत्कृष्ट डकुमेन्ट्री फिचर- २० डेज् इन मारिओपो
एडप्टेड स्क्रिनप्ले- अमेरिकन फिक्सन 
ओर्जिनल स्क्रिनप्ले-एनाटोमी अफ अ फल 
उत्कृष्ट सिनेम्याटोग्राफी-ओपेनहाइमर
उत्कृष्ट ओर्जिनल सङ- बिली एलिस (बार्बी)
मेकअप एण्ड हेयरस्टाइलिङ- पुअर थिंग्स
उत्कृष्ट प्रोडक्सन डिजाइन- पुअर थिंग्स
उत्कृष्ट सम्पादन- ओपेनहाइमर
उत्कृष्ट भिजुअल इफेक्ट- गोडजिला माइनस वन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .