ad ad

कला


विदेशमा ‘रङ्गेली’को उच्च माग, नेपालमा कस्तो छ व्यापार?

विदेशमा ‘रङ्गेली’को उच्च माग, नेपालमा कस्तो छ व्यापार?

नेपालखबर
फागुन ३०, २०८० बुधबार १५:५४, काठमाडौँ

नेपालमा उत्साहजनक व्यापार गरिरहेको फिल्म ‘रङ्गेली’को विदेशमा उच्च माग भएको छ। नेपालमा सकरात्मक प्रतिक्रियासँगै विदेशबाट डिमान्ड आएको निर्देशक अर्जुन सुवेदीले जानकारी दिए।

यो फिल्म अमेरिका, क्यानडा, जापान र कोरियामा पहिलेनै बिक्री भइसकेको थियो। नेपालमा मन पराइएपछि मलेशिया, दुबई, कतार, बहराइन, साउदी, ओमनमा हालै मात्र बिक्री गरिएको छ।

साथै अस्ट्रेलिया, यूरोप, हङकङ, भारत लगायतका देशहरूमा रिलिजको लागि त्यहाँस्थित वितरकहरूसँग रिलिजको लागि अन्तिम चरणमा पुगेको निर्देशकको दाबी छ। निर्देशक सुवेदी नेपाली चलचित्रका ओभरसिज वितरक समेत हुन्।

जापान र कोरियामा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ ले यस फिल्मलाई रिलिज गर्दैछन्। मलेशिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा सुरज लम्साल र  एक्का बास्सा इन्टरटेन्मेन्टले रिलिज गर्नेछन्।

दयाहाङ राई र मिरुना मगर स्टारर यस फिल्मको माउथ पब्लिसिटीका कारण दर्शकको सङ्ख्या बढिरहेको देखिन्छ। दर्शकबाट चलचित्र केही लामो भएको प्रतिक्रिया पाएपछि २१ मिनेट घटाइएको थियो। चलचित्रको लम्बाई कम भएपछि दर्शकले झनै रमाइलो मानेर हेरिरहेको निर्देशक सुवेदीले बताए।

मङ्गलवारका अधिकतम शो हरूमा ७० प्रतिशत अकुपेन्सी देखिएको बताइएको छ। बुधवार धेरै हलहरूमा ५० प्रतिशत छुटको अफर भएपछि दर्शकको चाप थप बढी देखिएको छ।

अभिनेता दयाहाङ राईलाई फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन्। चलचित्रको क्लाइमेक्समा आउने अभिनेता आर्यन सिग्देलको दमदार लुक्स र अभिनयको तारिफ भइरहेको छ।

यस फिल्ममा दयाहाङ र मिरुनासहित अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .