ad ad

कला


चैत २ गतेबाट अन्तर्राष्ट्रिय कला कार्यशाला हुँदै

चैत २ गतेबाट अन्तर्राष्ट्रिय कला कार्यशाला हुँदै

नेपालखबर
फागुन ३०, २०८० बुधबार १६:१३, काठमाडौँ

आगामी चैत २ गतेबाट नेपालमा ‘अन्तर्राष्ट्रिय कला कार्यशाला एवं प्लेन एयर वर्कसप २०२४’ हुने भएको छ। कलाको विश्वव्यापीकरण गर्ने उद्देश्यले यो कार्यशाला गर्न लागिएको हो।

कला, कलाकार, कला लेखक, कलाको बजार र समाजलाई एकैसाथ लैजाने हेतुले कार्यशाला एवं प्रदर्शनी गर्न लागेको कार्यशाला संयोजकका रुपमा रहेकी ‘आकार आर्ट सेन्टर’की अध्यक्ष तथा कलाकार अनिता भट्टराईले जानकारी दिइन्।

‘कलाशाला’ शिर्षकमा गर्न लागेको कार्यशालामा नेपालसहित भारत, ताइवान, बंगलादेश, इरान र युएईका १ सय २० जना कलाकारहरु सहभागी हुनेछन्। उनीहरुले प्रत्यक्ष रुपमा कला सिर्जना गर्नेछन्।

चैत ५ गतेसम्म चल्ने कार्यशालाको उद्घाटन कार्यक्रम राजधानीको एयरपोर्टस्थित ‘होटेल एयरपोर्ट’ युरोपियन युनियन (ईयु) का राजदूत भेरोनिक लोरेन्जोको आथित्यमा चैत्र २ गते १ बजेदेखि शुरु हुनेछ।

त्यसैगरि, ३ गते बिहान ८ बजे कलाकारहरुसँग पाटन दरबार क्षेत्रमा भ्रमण हुनेछ। त्यसपछि दिउँसो १ बजे कलाकारहरु नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आर्ट ग्यालरीमा जानेछन्। त्यसपछि लगत्तै ‘होटेल एयरपोर्ट’ कला प्रदर्शनी हुनेछ।

४ गते भने पशुपतिनाथ दर्शन र भ्रमणसँगै एयरपोर्ट होटेलमै कला प्रदर्शनी र समापन समारोह हुनेछ। ५ गते कलाकारहरु आ–आफ्नो देश प्रस्थान गर्ने सेड्युल रहेको छ।

‘इन आर्ट वल्र्ड’को आयोजनामा हुने कार्यशाला आकार सेन्टर र ‘नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज’ को संयोजन रहेको छ। कार्यशालामा चित्र, मूर्ति, प्रिन्ट मेकिङ, डिजिटल आर्ट लगायतका विविध विधाहरु समेत समावेश हुने बताइएको छ।

नेपालमा कला विस्तारकै लागि थुप्रै कार्यक्रमहरु भएपनि ‘कलाशाला’लाई फरक ढंगबाट लैजान खोजेको भट्टराईले सुनाइन्।

उनले भनिन्, ‘नेपालमा भएका कला कार्यक्रमहरुको आ–आफ्नै ग्रुपहरु छन्। चित्र, मूर्तिकला, प्रिन्ट कला, वाटर, एक्रेलिक जस्ता थुप्रै समूहहरु छुट्टाछुट्टै काम गरिरहेका छन्। हाम्रोमा सबै धारलाई एकै ठाउँमा देख्न सक्नुहुन्छ। कला र कलाकार सबै ठाउँमा काम गर्न पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो।’

नौलो किसिमको कला कार्यशालाले कलाको अन्तर्राष्ट्रिय विस्तार र विकासमा सघाउ पुग्ने उनको विश्वास छ।  

कला मार्फत् नै कलाकार बाँच्नुपर्छ भन्ने ध्येयले ‘नेपाल जर्मन चेम्बरका अध्यक्ष सन्तोष कुँवर कलालाई व्यापार र बजारसम्म लैजाने पुलका रुपमा काम गरिरहेका छन्।

‘प्रत्येक कलाहरु व्यापारिक वर्गमा पुग्नुपर्छ। सिर्जनाले मात्र पेट पाल्न सकिँदैन। जब कला बजारमा पुग्छ, तबमात्र कला र कलाकार दिगो रहन सक्छ,’ उनले भने।

कार्यशालामा सिर्जना भएका कलाकृति बिक्रीबाट आएको ५० प्रतिशत रकम ‘सफलता एचआईभी शिक्षा सदन’ लाई प्रदान गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .