ad ad

कला


‘जुनियर मिस्टर एन्ड मिस इटहरी’को उपाधि आर्या र मननलाई

‘जुनियर मिस्टर एन्ड मिस इटहरी’को उपाधि आर्या र मननलाई

नेपालखबर
चैत १३, २०८० मंगलबार १५:४, काठमाडौँ

‘जुनियर मिस्टर एन्ड मिस इटहरी’को दोश्रो संस्करण सम्पन्न भएको छ।

इटहरीको लायन्स क्लबमा सम्पन्न भएको ग्रान्ड फिनालेबाट गर्ल्स तर्फ आर्या बस्नेत विजेता भएकी छन् भने ब्वाइजतर्फ मनन लुइँटेलले उपाधि हात पारेका छन्। उपाधि विजेता बस्नेत र लुइँटेलले २५/२५ हजार नगदका साथमा अन्य थुप्रै पुरस्कारहरू प्राप्त गरेका छन्।

यस्तै, गर्ल्सतर्फ नुमा राई फर्स्ट रनरअप, सृष्टि दाहाल सेकेन्ड रनरअप र दिब्यान्शी पोख्रेलले पब्लिक च्वाइसको अवार्ड हात पारे।

यता ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’ दोस्रो संस्करणको ब्वाइजतर्फ फर्स्ट रनरअप दीक्षित सुवेदी र सेकेन्ड रनरअप गौरव गिरि हुँदा पब्लिक च्वाइसको अवार्ड सामिप्य श्रेष्ठले हात पारेका छन्।

ड्रिम मोडलिङ एजेन्सिको आयोजनामा भएको ग्रान्ड फिनालेमा ५८ जना बालबालिकाहरूको सहभागिता रहेको थियो। इटहरीका विभिन्न विद्यालयको प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागी भएका बालबालिकाहरूलाई ‘र्‍याम्पवाक’ सहित ज्ञानवर्धक कुराहरुको प्रशिक्षण दिइएको आयोजक संस्थाका प्रवन्ध निर्देशक सौरभ मान भण्डारीले जानकारी गराए।

ग्राण्ड फिनाले कार्यक्रम इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने फिनालेको मुख्य निर्णायकमा मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का रहेकी थिइन्।

अन्य निर्णायकहरूमा म्यान अफ द ईयर तथा काजी प्रोडक्सनका फाउन्डर सुशान्त काजी श्रेष्ठ, मिसेस नेपाल वर्ल्ड २०२४ कि विजेता पृथ्वीब्या थापा, सामाजिक अभियान्ता तथा इभेन्ट अर्गनाइजर निश्चल मोहन पालिखे रहेका थिए।

यस्तै, एसियन थाई फुडकी निर्देशक तथा कुरा हेल्थकी प्रबन्ध निर्देशक, चट्टरबक्स सञ्चालिका र महिला उद्यमी समिती उद्योग संगठनकी उपाध्यक्ष जयश्री बग्री जाजु समेत निर्णायकको रुपमा रहेकी थिइन्। प्रतियोगिताको कोरियोग्राफरको रुपमा एलिना थापा र प्रसना राउत रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .