ad ad

कला


५ वर्ष अलपत्र परेको अजयको ‘मैदान’ इदमा ‘बडे मियाँ छोटे मियाँ’ सँग भिड्दै

५ वर्ष अलपत्र परेको अजयको ‘मैदान’ इदमा ‘बडे मियाँ छोटे मियाँ’ सँग भिड्दै

नेपालखबर
चैत १५, २०८० बिहिबार १६:१९, काठमाडौँ

अजय देवगन स्टारर बलिउड फिल्म ‘मैदान’ लाई सेन्सर बोर्डले ‘यू’ सर्टिफिकेट दिएको छ। ३ घण्टा २ मिनेट लामो यो फिल्म इदको अवसरमा हिन्दीसहित तमिल, तेलुगु र कन्नड भाषामा रिलिज हुनेछ।

यो फिल्म सन् १९५० देखि १९६३ सम्म भारतीय राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक र प्रबन्धक सैयद अब्दुल रहीमको जीवनमा आधारित स्पोर्ट्स ड्रामा बायोपिक हो।फिल्ममा अजय रहिमको भूमिकामा छन्।

त्यस्तै, प्रियामणिले उनकी श्रीमतीको भूमिका निभाएकी छिन्। फिल्ममा यी दुवैसहित गजराज राव, स्लोचिता र रुद्रनिल घोष पनि महत्वपूर्ण भूमिकामा देखिनेछन्।

यो फिल्म सन् २०१८ मा घोषणा गरिएको थियो। त्यसयता यसको रिलिज करिब ५ पटक स्थगित भइसकेको छ।

सुरुमा यो फिल्मको सेट दहिसरमा बनाइएको थियो जहाँ ओलम्पिक ग्राउन्ड, रनिङ ट्र्याक जस्ता धेरै सेट ९ एकडमा बनाइएको थियो। यो सेटमा ३० देखि ३५ दिनको छायांकन बाँकी थियो। तर लकडाउन र महामारीका कारण बाँकी भागको सुटिङ लामो समयसम्म हुन सकेन्।

यो सेट बनाउन सात करोड रुपैयाँ खर्च भएको थियो। चक्रवात निसर्गका कारण फिल्मको सेटमा पनि ठूलो क्षति पुगेको थियो। यो फिल्मलाई ‘बधाई हो’ फेम निर्देशक अमित शर्माले निर्देशन गरेका हुन्। यसको निर्माता बोनी कपुर हुन्।

यस फिल्मको बारेमा कुरा गर्दै निर्माता बोनी कपूरले भनेका थिए, ‘मलाई आश्चर्य लाग्यो कि धेरैलाई सैयद अब्दुल रहीमको उपलब्धिको बारेमा थाहा थिएन। उहाँ सम्मानको योग्य हिरो हुनुहुन्छ।’

उनको टोलीमा चुन्नी गोस्वामी, पीके बनर्जी, बलराम र अरुण घोष जस्ता नायकहरू पनि थिए। यो चलचित्रले युवाहरुलाई फुटबल खेल्न प्रेरित गर्ने विश्वास छ।

अप्रिल १० मा इदको अवसरमा रिलिज हुन लागेको ‘मैदान’ अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म ‘बडे मियाँ छोटे मियाँ’ सँग भिड्नेछ। बडे मियाँ छोटे मियाँमा अक्षयकुमार र टाइगर श्रापको मुख्य भूमिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .