ad ad

कला


बलिउड अभिनेत्री ज्याकलिन जब नेपाली गहना र पहिरनमा देखिइन्...(तस्बिर)

बलिउड अभिनेत्री ज्याकलिन जब नेपाली गहना र पहिरनमा देखिइन्...(तस्बिर)

नेपालखबर
चैत १८, २०८० आइतबार १३:२६, काठमाडौँ

आरबी डाइमन्डले २७औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडाैँमा भव्य ज्वेलरी रनवे आयोजना गर्‍यो। 

जहाँ बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज फेसन रनवेमा सहभागी भइन्।

रनवेको शो स्टपरको भूमिका निर्वाह गरेकी ज्याकलिन नेपाली गहना र पहिरनमा निकै सुन्दर देखिएकी थिइन्।

शिवांगी प्रधानको डिजाइन र आरबी डायमन्डको गहना लगाएर उनी तीनपटक रनवेमा प्रस्तुत भइन्।

त्यसैगरी आरबी डायमन्डका ब्रान्ड एम्बेसडर रेहान श्रेष्ठ र प्रमुख रिकेन महर्जन पनि रनवेमा देखिए।

तीनवटा कलेक्सन प्रदर्शन गरेकी ज्याकलिन शोको अन्त्यमा लेहेंगामा देखिएकी थिइन्।

अन्य कलाकार पनि पहिरन र गहनामा रनवेमा प्रस्तुत भए। रनवेकै लागि शुक्रबार काठमाडौँ पुगेकी ज्याकलिन फर्नान्डिज आज भारत फर्किने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .