कला


नेपालका दश सहरमा अस्कर कलेजको सिनेमा साक्षरता अभियान

नेपालका दश सहरमा अस्कर कलेजको सिनेमा साक्षरता अभियान

नेपालखबर
बैशाख २, २०८१ आइतबार १३:१७, काठमाडौँ

अस्कर कलेजको दुई साता लामाे सिनेमा साक्षरता अभियान सकिएको छ। अस्करले चैत १४ देखि नेपालका दश सहरमा यो अभियान सञ्चालन गरेको थियो।

नयाँ पुस्तालाई सिनेमासम्बन्धी आधारभूत जानकारी दिने र उनीहरुमा सिनेमाप्रति रुचि जगाउने उद्देश्यले सञ्चालित अभियान सफलतापूर्वक सम्पन्न भएको अभियानका इभेन्ट म्यानेजर नविन न्यौपानेले बताए।

उनका अनुसार मुख्य फिल्म कसरी बन्छ र फिल्म पनि पढ्ने विषय हो भनेर बुझाउनु यस अभियानको मुख्य उद्देश्य थियो। ‘यो अभियानले युवा पुस्तामा फिल्मबारे अभिरूचि जगाउन र उनीहरुको बुझाइ फेर्न थोरै भए पनि योगदान गरेको हामीले महसुस गर्यौं,’ उनले भने।

जसरी मेडिकल साइन्स, म्यानेजमेन्ट, इन्जिनियरिङ पढिन्छ फिल्म पनि सामान्य मनोरञ्जनमात्र नभएर त्यसरी नै अध्ययन गर्ने विषय हो भनेर धेरैलाई जानकारी समेत नरहेकोले यो अभियान चलाएको उनले बताए।

हरेक सहरमा एक दिनको तालिका बनाएर सञ्चालित कार्यक्रममा नेपाली सिनेमा र विश्वसिनेमाको इतिहासका सैद्धान्तिक पक्षदेखि पटकथा लेखन, छायांकन, अभिनय, चरित्र निर्माणलगायत प्राविधिक विषयसम्बन्धित गतिविधि र जानकारी समेटिको थियो।

साक्षरता अभियानमा अस्कर कलेजका प्राध्यापक रामराजा दाहाल पनि सहभागी थिए। दशवटै सहरका गतिविधि अवलोकन गरेका उनका अनुसार बुटवल, बिर्तामोड, ईटहरी र पोखरामा एक सय पचासभन्दा बढी सहभागी उपस्थित भएका थिए।

‘अस्कर कलेजले पहिलो पटक सञ्चालन गरेको यस अभियानमा के कस्तो सहभागिता होला भन्ने भन्ने उत्सुकता पनि थियो। तर, उत्साहजनक सहभागिता मात्र भएन, उनीहरुले हरेक गतिविधिमा सक्रिय रुपमा भागसमेत लिए,’ दाहालले भने।

उनका अनुसार मुख्य रुपमा युवालक्षित अभियानमा करिब हजार जनाको प्रत्यक्ष सहभागीता रह्यो। प्रत्यक्ष रुपमा एक हजारको सहभागिता रहे पनि अभियानको सन्देश सामाजिक सञ्जाल एवम् अनलाइन मिडियाका माध्यमबाट लाखौंमा पुग्न सफल भएको उनको भनाइ छ।

नेपालमा सिनेमा साक्षरता बढाउन गरिएको हाम्रो पहिलो अभियानलाई विभिन्न सहरका विद्यार्थीबाहेक शिक्षक, अभिभावक र सर्वसाधारण सराहना गरेकाले हामी यो कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिन उत्साहित रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .