कला


महाराष्ट्रका मुख्यमन्त्री भन्छन्ः सलमान खानको घरमा गोली हान्नेलाई छाडिने छैन (भिडिओ)

महाराष्ट्रका मुख्यमन्त्री भन्छन्ः सलमान खानको घरमा गोली हान्नेलाई छाडिने छैन (भिडिओ)

फाइल फाेटाे : महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दे र अभिनेता सलमान खान


नेपालखबर
बैशाख २, २०८१ आइतबार १८:१४, काठमाडौँ

बलिउड अभिनेता सलमान खानको घरबाहिर दुई अज्ञात व्यक्तिले गोली चलाएपछि उनी र उनको परिवारका लागि सुरक्षा बढाइएको भारतीय राज्य महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले बताएका छन्।

मुम्बई प्रहरीका अनुसार आइतबार बिहान करिब ५ बजे बान्द्रास्थित सलमान खानको घरबाहिर दुई अज्ञात व्यक्तिले तीन राउन्ड फायरिङ गरेका थिए। गोली चलेलगत्तै मुम्बई प्रहरीको अपराध शाखा टोली घटनास्थल पुगेको थियो। 

यसपछि आफूले सलमानसँग कुरा गरेको मुख्यमन्त्री शिन्देले बताएका छन्। 

पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्रीले शिन्देले भने, ‘सलमान खानको घरबाहिर गोली चल्नु दुर्भाग्यपूर्ण घटना हो। प्रहरीले यसको अनुसन्धान गरिरहेको छ। कानुन आफ्नै हातमा लिनेहरूलाई कदापि छाडिने छैन।’

उनले थपे, ‘हामीले उनीहरूको सुरक्षा सुनिश्चित गर्न र सुरक्षा बढाउन आग्रह गरेका छौं। र, म आफैंले सलमानसँग कुरा गरेको छु र सरकार तपाईंको साथमा छ, तपाईंलाई अप्ठ्यारोमा पार्ने कुनै पनि कुरा हुनु हुँदैन। कडा कारबाही हुनेछ।’

हेर्नुहोस् भिडिओमा मुख्यमन्त्री शिन्देको भनाइ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .