ad ad

कला


‘ह्रस्व दीर्घ’ मा नीताको फरक अवतार

‘ह्रस्व दीर्घ’ मा नीताको फरक अवतार

नेपालखबर
जेठ २९, २०८१ मंगलबार १५:२७, काठमाडौँ

फिल्म ‘ह्रस्व दीर्घ’ बाट नीता ढुंगानाको पहिलो लुक सार्वजनिक भएको छ।

सार्वजनिक पोस्टरमा मुख्य भूमिकामा देखिएकी नीतालाई हातमा बज्र लिएर उभिएको देख्न सकिन्छ। उनको यो अवतार फरक लाग्छ।

त्यस्तै, नीताको टाउकोसँगै दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दम, अली र नेपाली कलाकार किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई चरित्रमा देख्न सकिन्छ।

फिल्ममा विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, प्रदीप रावत र कबीर दुहान सिंह लगायतको अभिनय छ।

नीताको लगानी रहेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन्। चन्द्र पन्तले निर्देशित यो फिल्म असोज ३ गतेबाट प्रदर्शन हुनेछ। यो उनको डेव्यु निर्देशकिय नेपाली सिनेमा हो।

उनले यसअघि केही भोजपुरी सिनेमाको निर्देशन गरिसकेका छन्। निर्देशक पन्त नेपाली सिनेमा क्षेत्रमा द्वन्द्व निर्देशकको रुपमा स्थापित थिए।

यस फिल्मलाई भारतीय छायांकार कवीरलालले खिचेका हुन्। उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता दर्जनौं बलिउड सिनेमा खिचिसकेका छन्।

सिनेमाको नेपाल र भारतमा गरी तीन चरणमा छायांकन गरिएको थियो। सिनेमामा मित्र डि गुरुङको सम्पादन तथा रामजी लामिछाने र बलिउडकी शुष्मा सुमनको कोरियोग्राफी रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .