राजु गिरीको निर्देशित फिल्म ‘ईश्वर’ को ट्रेलर सार्वजनिक भएको छ। ओएसआर डिजिटलबाट सार्वजनिक ट्रेलरमा अन्तरजातीय प्रेमसम्बन्धको कथा समेटिएको छ।
ट्रेलरमा युवायुवती आफ्नो कुलभन्दा बाहिरको प्रेममा परेपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ। ट्रेलरमा अनु शाह, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, ध्रुव थापा, माओत्से गुरुङ, रविन्द्र झा लगायका कलाकारहरु फिचर्ड छन्।
यसै फिल्मबाट अनुले ५ वर्षपछि अभिनयमा कमब्याक गरेकी छन्। उनको पछिल्लो फिल्म ‘पसिना’ हो।
दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा हरिबहादुर थापा निर्माता हुन्। फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ।
लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा बनेको फिल्ममा अनुसहित ध्रुव थापा, पृथ्वीराज प्रसाईं, सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारीलगायतको अभिनय छ।
फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ। फिल्ममा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ। यो फिल्म आगामी साउन ११ गतेबाट रिलिज हुँदैछ।
Shares
प्रतिक्रिया