ad ad

समाज


राति सातै प्रदेशमा वर्षा, कुन-कुनमा छ बढी सम्भावना?

राति सातै प्रदेशमा वर्षा, कुन-कुनमा छ  बढी सम्भावना?

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
असार ८, २०८१ शनिबार १९:१८, काठमाडौँ

हाल (शनिबार साँझ) कोसी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भेगमा साधारणतया बदली (आकाशमा बादल) रही देशका बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) देखि मौसम सामान्यतया सफा (लगभग आकाश सफा) छ। कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भने मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति पनि कोसी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेश तथा देशका पहाडी भेगमा आंशिक देखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने सम्भावना छ। 

यस क्रममा कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै कोसी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ महाशाखाले जनाएको छ।

यसैबीच राति काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना छ। मौसम महाशाखाले काठमाडौँमा राति पानी पर्ने सम्भावना ४० प्रतिशत देखाएको छ।  

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरमुनि वर्षा हुनुलाई हल्का, यसभन्दा माथि ५० मिलिमिटरभन्दा मुनि वर्षा हुनुलाई मध्यम तथा ५० मिलिमिटरभन्दा माथि तर सय मिलिमिटरभन्दा मुनि वर्षा हुनुलाई भारी वर्षा भनिन्छ।  

मौसम महाशाखाले राति भन्नाले भोलि आइतबार बिहान ६ बजेसम्मको अवधिलाई मानेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .