ad ad

कला


‘एक्टर’को सुटिङ सेटमा प्रदीपलाई भ्यानेटी भ्यानको सुविधा

‘एक्टर’को सुटिङ सेटमा प्रदीपलाई भ्यानेटी भ्यानको सुविधा

नेपालखबर
असार ९, २०८१ आइतबार १७:४८, काठमाडौँ

यतिखेर फिल्म ‘एक्टर’को धमाधम छायाङ्कन भइरहेको छ। पोखरामा १० दिन सुटिङ सक्काएर टिम काठमाडौंको सेड्युलमा विगत केही सातादेखि ब्यस्त छ।

यस फिल्ममा थमन कुमार भण्डारीको लगानी रहेको छ। यो फिल्मको टिमले अभिनेता प्रदीप खड्कालाई छायांकन सेटमा ‘भ्यानेटी भ्यान’ उपलब्ध गराएको छ।

बलिउड र हलिउडका कलाकारहरूले छायांकन सेटमा व्यक्तिगत भ्यानेटी भ्यान प्रयोग गर्दै आएका छन्। विशेषत भ्यानेटी भ्यान फिल्मको छायांकनका लागि महत्वपूर्ण मानिन्छ। सुटिङस्थलमा कलाकारको पहिरन परिवर्तन, मेकअप, शौचालयलगायतका सुविधाका लागि यो भेन प्रयोग गरिन्छ।

यसअघि बालाजु ल्याबमा यस्तै भेनको प्रयोग दुई वर्ष गरिएको थियो। तर, यसपटक भने फिल्मका निर्माता थमन कुमार भण्डारीले अभिनेता खड्काका लागि ‘भ्यानेटी रुम’ उपलब्ध गराएका हुन्।

फिल्मको लागि टेक भएको अवस्थामा बाहेक प्रदीपले यही भ्यानमा तयारी गरिरहेका छन्। ‘भ्यानेटी रुम’लाई नेपालमा नै तयार पारिएको हो।

यस फिल्ममा फिल्ममा प्रदीपसहित दिव्या रायमाझी र आना शर्मा मुख्य भूमिकामा छन्। दिव्याले यही फिल्मबाट डेब्यु गरेकी हुन्। फिल्ममा नायक राजवल्लभ कोइरालाको पनि मुख्य भूमिका छ।

गत जेठ दोस्रो साता फिल्मको छायांकनका लागि उनी अमेरिकाबाट काठमाडौं आइपुगेका थिए। करिब ९ वर्षपछि पर्दामा देखिन लागेको उनी फिल्मको सुटिङ सकाएर केही दिन अघि अमेरिका फर्किसकेका छन् ।

फिल्मलाई भने नरेन्द्र मैनालीले खिँचिरहेका छन्। राजन भुसालको निर्देशनमा बनिरहेको फिल्म आगामी कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनमा आउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .