ad ad

कला


‘इट्स माई सो’ मा अनमोलसँग नाम जोडिएपछि अश्मीले पनि जनाइन् आपत्ति

‘इट्स माई सो’ मा अनमोलसँग नाम जोडिएपछि अश्मीले पनि जनाइन् आपत्ति

नेपालखबर
असार १२, २०८१ बुधबार १२:३५, काठमाडौँ

अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाह विवादमा फसेका छन्। 

कान्तिपुर टेलिभिजनको ‘इट्स माई सो’ मा ओसिन सिटौलाले सोधेको प्रश्नमा अनमोल केसी र जस्सिता गुरुङको निजी जीवनबारे अभिव्यक्ति दिएपछि उनीहरूको चर्को आलोचना भइरहेको छ। 

यसैबीच, पूर्वमिस नेपाल अश्मी श्रेष्ठले पनि आफ्नो नाम जोडिएपछि आपत्ति जनाएकी छन्। 

उक्त कार्यक्रममा ओसिनले दुवैलाई ‘अनमोल केसीका कतिवटा गर्लफेन्ड थिए र उनीहरूको नाम के हो?’ भन्दै प्रश्न सोधेकी थिइन्। 

जसको जवाफमा स्वस्तिमाले आना शर्मा र अश्मी श्रेष्ठको नाम लिएकी थिइन्। 

अनमोलसँग नाम जोडिएको विषयमा सत्यता नभएको भन्दै अश्मीले इन्स्टाग्राममा वक्तव्य लेखेर आपत्ति जनाएकी हुन्। 

‘म सधैँ मेरो आफ्नै व्यवसायमा ध्यान दिन्छु र हाम्रो वरपरका बाह्य हल्लाबाट विचलित हुन्न। तर, भर्खरैको एउटा ‘टक सो’मा अप्रिय रूपमा मेरो नाम अनावश्यक विवाद निम्त्याउने गरी फ्याँकिएको छ। जुन कत्ति पनि सत्य होइन। यस सम्बन्धमा मैले भन्नुपर्ने कुरा विज्ञप्तिमार्फत सार्वजनिक गरेकी छु,’ उनले भनेकी छन्। 


 
अन्तर्वार्ताको नाममा कसैको व्यक्तिगत जीवनको चर्चा गर्ने संस्कृति निकै खराब भएको उनको भनाइ छ।

‘अन्तर्वार्ताको नाममा कसैको व्यक्तिगत जीवनको चर्चा गर्ने संस्कृतिलाई म स्पष्ट रूपमा अस्वीकार गर्छु। एक होस्टको रूपमा आफैँलाई थाहा छ कि सम्पूर्ण कार्यक्रमको फ्रेमिङमा होस्टले कति ठूलो भूमिका खेल्छ र मलाई थाहा छ, यदि उनीहरूले चाहेको भए यो सजिलै नियन्त्रण गर्न सक्थे। निराधार तथ्य प्रस्तुत गर्नु र पाहुनाहरूलाई निश्चित तरिकाले बोल्न टिभी सोहरूमा दबाब सिर्जना गर्नु नैतिकताविपरीत हो, जुन अत्यन्तै दुःखदायी छ।’

अश्मीले विज्ञप्ति निकाले पनि अर्की अभिनेत्री आना शर्माले भने यस विषयमा केही बोलेकी छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .