ad ad

ग्लोबल


बेलायतले चागोस टापु मौरिससलाई सुम्पने सहमति

बेलायतले चागोस टापु मौरिससलाई सुम्पने सहमति

नेपालखबर
असोज १८, २०८१ शुक्रबार ५:२९, काठमाडौँ

बेलायतले चागोस टापुको सार्वभौमसत्ता मौरिससलाई हस्तान्तरण गर्ने बताएको छ।

बेलायत र मौरिससका प्रधानमन्त्रीले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी सो जानकारी दिएका हुन्।

हिन्द महासागरको यो दुर्गम र रणनीतिक रूपमा महत्त्वपूर्ण टापु समूहका लागि दशकौँ लामो वार्ता यस ऐतिहासिक निर्णयपछि अब टुङ्गिएको छ।

वर्षौंको निरन्तर वार्तापछि सहमति भएको हो। यसमा डिएगो गार्सिया पनि परेको छ।

यसलाई अमेरिकी सरकारले आफ्नो नौसेना जहाज र लामो दूरीको बमवर्षकका लागि सैन्य आधारको रूपमा प्रयोग गर्छ।

अमेरिका र बेलायतको सैन्य आधार डिएगो गार्सियामा उस्तै रहनेछ। पश्चिमी मुलुक भारत र चीनबीच भूराजनीतिक प्रतिस्पर्धा जारी रहेका बेला यो सम्झौता भएको हो। 

विज्ञप्तिमा बेलायती प्रधानमन्त्री केयर स्टारमर र मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथले भनेका छन्- यो हाम्रो सम्बन्धमा महत्त्वपूर्ण क्षण हो र यसले विवादको शान्तिपूर्ण समाधान र कानूनको शासनप्रतिको हाम्रो स्थायी प्रतिबद्धता झल्काउँछ।

जगन्नाथले भनेका छन्- हामी क्षेत्रीय र विश्वव्यापी सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने डिएगो गार्सियामा रहेको सैन्य आधारको सुरक्षित र प्रभावकारी सञ्चालन सुनिश्चित गर्न प्रतिबद्ध छौँ।

यो साझेदारी अन्तर्गत बेलायतले मौरिससलाई वार्षिक भुक्तान गर्नेछ र पूर्वाधारमा लगानीसहितको आर्थिक सहयोग प्याकेज उपलब्ध गराउने छ।

मौरिससले अब चागोस टापुमा पुनर्वास कार्यक्रम सुरु गर्न पाउनेछ, तर डिएगो गार्सियामा होइन।

बेलायतले ९९ वर्षको प्रारम्भिक अवधिका लागि यहाँको सैन्य अखडा सञ्चालन सुनिश्चित गर्नेछ। यो निर्णयलाई अमेरिकाले समर्थन गरेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो ऐतिहासिक सम्झौताको प्रशंसा गरेका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .