ad ad

कला


भागिरथ र कविताले ल्याए तीज गीत ‘दिउँला बरिलै’

भागिरथ र कविताले ल्याए तीज गीत ‘दिउँला बरिलै’

नेपालखबर
साउन १, २०८१ मंगलबार १६:५७, काठमाडौँ

भागिरथ चलाउने र कविता खत्रीको स्वरमा तीज विशेष गीत ‘दिउँला बरिलै’ सार्वजनिक भएको छ। मंगलबार कबिता खत्री युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो।  

नेत्र अर्यालको शब्द रहेको गीतमा गायक चलाउनेले नै संगीत भरेका छन्। गीतमा रुपि सिंजाली मगर र प्रतिमा विश्वकर्माको कोरस स्वर छ।

गीतको भिडिओमा चर्चित मोडल लोमश शर्मा र बिना राउत फिचर्ड छन्। अशोक विकले निर्देशन गरेको भिडिओलाई नवराज उप्रेतीले खिचेका हुन्।

मोडल लोमश शर्माले अहिले दिनहुँ तीज गीतको भिडिओमा नाँचिरहेको जानकारी दिए। उनले अहिलेसम्म १५ वटा तीज गीतमा नृत्य गरिसकेको र अझै थुप्रै अफर आइरहेको सुनाए।

गायिका कविता खत्रीले नारीहरूको महान चाड तीजको छुट्टै महत्व हुने भएकाले पनि यसवर्षको तीजमा गीत ल्याएको बताइन्।

यसअघि भागिरथले गाएका झमझम झम्काना, थोपडाले धोका दियो बरीलै लगायतका गीतहरू हिट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .