ad ad

कला


यी हुन् पछिल्लो ६ महिनामा ओटीटीमा धेरै हेरिएका भारतीय फिल्म

यी हुन् पछिल्लो ६ महिनामा ओटीटीमा धेरै हेरिएका भारतीय फिल्म

नेपालखबर
साउन १०, २०८१ बिहिबार १२:५८, काठमाडौँ

परिणिती चोपडा र दिलजीत दोसांझ स्टारर ‘अमर सिंह चमकिला’ पछिल्लो ६ महिनामा ओटीटी प्लेटफर्ममा सबैभन्दा हेरिने भारतीय फिल्म बनेको छ। 

इम्तियाज अली निर्देशित यस फिल्मलाई १.२९ करोड पटक हेरिएको छ। 

अरम्याक्स मिडियाले पछिल्लो ६ महिनामा ओटीटी प्लेटफर्ममा धेरै हेरिएका भारतीय फिल्महरुको सूची निकालेको छ। जसमध्ये ‘अमर सिंह चमकिला’ शीर्षस्थानमा रहेको छ। 

दोस्रो स्थानमा फिल्म मर्डर मुबारक रहेको छ। यस फिल्ममा सारा अली खान, करिश्मा कपुर विजय बर्मा मुख्य भूमिकामा छन्। यस फिल्मलाई १.२२ करोड भ्युज मिलेको छ।

त्यसैगरि, सारा अभिनित अर्को फिल्म ‘ए वतन मेरे वतन है’ तेस्रो स्थानमा छ। यस फिल्मलाई ओटीटीमा १.१५  पटक हेरिएको छ। चौथो नम्बरमा आमिर खानका छोरा जुनैद स्टारर फिल्म ‘महाराज’ छ। जसलाई १.०६ भ्युज मिलेको छ। ९८ लाख भ्युज पाउँदै रविना टण्डन अभिनित ‘पटना शुक्ला’ पाँचौं स्थानमा छ। 

यद्पी, गतवर्षको तुलनामा यो अवधिमा ओटीटीमा फिल्म हेर्नेको संख्या घटेको देखिन्छ। सन् २०२३ को मध्यसम्म शाहिद कपुरको ‘ब्लडी ड्याडी’लाई १.६६ पटक हेरिएको थियो। 

‍केही वर्षदेखि अरम्याक्ले भारतभरि ओटीटी प्लेटफर्ममा धेरै हेरिने फिल्महरुको सूची सार्वजनिक गर्दै आएको छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .