ad ad

कला


‘माइली’ को शुभमुहूर्त, भोलिबाट छायांकन

‘माइली’ को शुभमुहूर्त, भोलिबाट छायांकन

नेपालखबर
साउन २१, २०८१ सोमबार १३:३२, काठमाडौँ

प्रियंका कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘माइली’ को शुभमुहूर्त गरिएको छ। सोमबार राजधानीको भद्रकाली मन्दिरमा मुहूर्त गरिएको फिल्मको मंगलबारबाट छायांकन सुरु गरिनेछ। 

मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौँ र दुबईमा फिल्म खिचिनेछ।

रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्मको मुहुर्त फिल्मका कलाकार र प्राविधिकको उपस्थिति रहेको थियो। यो फिल्म बाबु साहेब बलामीको कन्सेप्ट र निर्देशनमा बन्नेछ। फिल्ममा शंकर अधिकारी ‘घायल’को गीत, पटकथा र सम्बाद रहेको छ। 

फिल्ममा प्रियंकासहित करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रितिका शर्मा, आश्मा पाण्डे र रेश्मा केसीको अभिनय हुनेछ। 

फिल्ममा प्रियंका र कमला आमाछोरीको भूमिकामा छन्।

मुहूर्तमा अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी संघका विवेक सापकोटाले क्ल्याप, सवनम मुखियाले क्यामरा, रक्षा सिंह राणाले निर्देशन गर्दा पत्रकार शान्तिप्रियले नरिवल फुटाएका थिए। अभिनेत्री प्रियंका कार्की र नव कलाकार कमला घिमिरेले मुहूर्त सट दिएका थिए। 

निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको फिल्ममा महिलाको पीडा देखाइने बताए। 

‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ? भन्ने कथा फिल्ममा देखाइनेछ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .