ad ad

कला


काठमाडौंमा भदौ १४ देखि ‘थाई फिल्म फेस्टिभल नेपाल’

काठमाडौंमा भदौ १४ देखि ‘थाई फिल्म फेस्टिभल नेपाल’

नेपालखबर
भदौ १०, २०८१ सोमबार १४:४५, काठमाडौँ

भदौ १४ गते अर्थात ३० अगस्टदेखि काठमाडौंमा ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ हुने भएको छ। नेपालस्थित रोयल थाई दूतावासमा पत्रकार सम्मेलन गर्दै फेस्टिभलबारे घोषणा गरिएको हो।

क्यूएफएक्सको छाया सेन्टरको हलमा भदौ १६ गतेसम्म चल्ने फेस्टिभलमा जम्मा ६ फिल्महरु देखाइनेछ। नेपाल र थाइल्यान्डबीचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको अवसरमा फेस्टिभल आयोजना गरिएको थाई राजदूत सुवापोंग सिरिसोनेले जानकारी दिए।

उनले भने, ‘हाम्रो लामो समयको सम्बन्धलाई मनाउन र फिल्मको विश्वव्यापी भाषामार्फत थाई र नेपाली जनतालाई जोड्न थाई दूतावासले नेपालमा फेस्टिभल गर्न लागेको हो।’

यो नेपालमा चौथो थाई फिल्म फेस्टिभल हो, यसअघि सन् २०१३ मा आयोजना गरिएको थियो।

महोत्सवको पहिलो दिन ओपनिङमा समकालिन थाई समाजको वास्तविक कथामा आधारित फिल्म ‘हाउ टु मेक मिलियन्स बिफोर ग्राण्ड्मा डाइज’ स्क्रिनिङ गरिनेछ।

त्यसैगरि, महोत्सवअवधीभर महिलाकेन्द्रीत फिल्म ‘प्याड थाई द मुभी’, गे पुरुषको रोमान्समा आधारित फिल्म ‘टुगेदर द मुभी’, ‘अन्डरटेकर’, ‘ड्रिम अ लिटल ड्रिम’, ‘ब्रोकन सोर्ड हिरो’ प्रदर्शन हुनेछन्।

फेस्टिभलमा देखाउन लागिएका फिल्महरु पुरस्कार विजेता चलचित्रहरु नाटकदेखि कमेडी, रोमान्स, हरर र मुवय थाईका फिल्म हुन्। छाया सेन्टरमा दर्शकहरूले निशुल्क फिल्म हेर्न पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .