ad ad

कला


कस्तो छ फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर?

कस्तो छ फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर?

नेपालखबर
असोज ३, २०८१ बिहिबार १६:७, काठमाडौँ

असोज १७ गतेबाट प्रदर्शन हुने फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा उमेर पुगेका छोरीको बिहे गर्नलाई वर खोज्न गर्नुपरेको सकसको कथा छ।

ट्रेलरमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, विजय बराल लगायतका कलाकारहरु फिचर्ड छन्। नेपाली समाजमा पछिल्लो समय चलनचल्तीमा रहेको विवाह संस्कृतिलाई ट्रेलरमा प्रस्तुत गरिएको छ। 

स्वस्तिमालाई विवाहका लागि दुलाह खोजिरहेकी ३० वर्षीय युवतीका देख्न सकिन्छ। बिहेको दबाबबीच युवतीले गर्नुपरेको संघर्ष ट्रेलरमा देखाइएको छ। वैवाहिक सामाजिक मूल्यमान्यताप्रति फिल्मले व्यङ्ग्य गर्छ। 

सामाजिक कथासँगै कमेडीले दर्शकको ध्यान तान्छ। 

फिल्ममा निश्चल, स्वस्तिमा र विजयसहित वसुन्धरा भुसाल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर शिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ। यो उनीहरूको यो डेब्यु निर्देशकिय फिल्म हो। 

अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा श्रीमान् निश्चल बस्नेतले सघाएका छन्। फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन्। 

नरेन्द्र मैनालीले खिचेका फिल्मलाई एप्पल इन्टरटेनमेन्ट र डीसीएनले वितरण गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .