ad ad

राजनीति


कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह–भ्रष्टाचार गर्ने नेताहरुको रेकर्ड राख्नुस्

कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह–भ्रष्टाचार गर्ने नेताहरुको रेकर्ड राख्नुस्

नेपालखबर
भदौ २२, २०८१ शनिबार १२:५१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरुलाई आग्रह गरेका छन्।

१२ औं निजामती सेवा दिवसका अवसरमा शनिबार सिंहदरबारमा आयोजित मूलसमारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्नु भनेको देशभरका जनताको एकैपटक पकेट मारे सरह हुने भएकाले त्यस्तो दुष्कर्ममा नलाग्न आग्रह गरे।

‘तपाईंहरु कतै प्रयोग नहुनुस्, भ्रष्टाचार जस्तो पाप र दुष्कर्ममा सहभागी नहुनुुस्,’ प्रधानमन्त्री ओलीको भनाइ छ, ‘तपाईंहरुलाई प्रयोग नगरी नेताहरुले पनि भ्रष्टाचार गर्न सक्दैनन्। भ्रष्टाचार गर्ने नेताहरुको रेकर्ड राख्नुस्। भाषणमा एउटा र व्यवहारमा अर्को काम गर्ने नेताहरुले ठूला कुरा गर्दा अरु केही गर्न नसके पनि चिन्या छु भनेर मुसुक्क हाँसिदिनुस्।’’

उनले जोड दिँदै भने, ‘म चुनौती दिएर भन्छु, म आफू पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिइन्नँ। नेपाललाई हरेक हिषाबले समृद्ध बनाउन हामी सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ।’’

राज्यबाट जनतालाई दिइने सेवामा कुनै कारणले विलम्ब र आलटान नगर्न निर्देश गर्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख नदिइ सकारात्मक अनुभूति दिएर हाम्रा छोराछोरीलाई देशभित्र बस्न लायक बनाउनु सबैको दायित्व भएको बताए।

 
प्रधानमन्त्री ओलीले अहिलेको सरकार मुलुकमा परिवर्तनका लागि नायकत्व लिएका पार्टीहरुको सुविधाजनक बहुमतको सरकार भएकाले यसले निजामती सेवा विधेयकलगायत महत्वपूर्ण विधेयकलाई छिटो पारितका लागि छलफल अघि बढाउने विश्वास दिलाए। 

प्रधानमन्त्री ओलीले विगतमा कर्मचारीको उत्साह थप्नका लागि आफूले एकै पटक २५ प्रतिशत तलब वृद्धि गरे पनि हाल मुलुकको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक सबलीकरणका लागि सबै लागेमा स्थिति सहज हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .