ad ad

कला


‘इमर्जेन्सी’ को रिलिज रोकिएपछि कंगनाले बेच्नुपरेको थियो घर

‘इमर्जेन्सी’ को रिलिज रोकिएपछि कंगनाले बेच्नुपरेको थियो घर

नेपालखबर
असोज ३, २०८१ बिहिबार १५:१३, काठमाडौँ

बलिउड अभिनेत्री कंगना रनौतलाई फिल्म ‘इमर्जेन्सी’ को रिलिज रोकिएपछि निकै आर्थिक नोक्सान झेल्नु परेको छ।

यही कारण हालै मुम्बईमा रहेको आफ्नो घर बेच्नुपरेको कंगनाले एक अन्तर्वार्तामा यो खुलाएकी छिन्।

एक अन्तर्वार्तामा कंगनाले भनिन्, ‘जब मेरो फिल्म रिलिज हुन लागेको थियो, मैले आफ्नो व्यक्तिगत बचत यसमा लगानी गरेको थिएँ। अब फिल्मनै रिलिज हुन नसके के गर्थेरु यस्तो समयमा सम्पत्ति काममा आउँछ, त्यसैले मैले बंगला बेच्ने निर्णय लिनु परेको थियो।’

कंगनाले बेचेको मुम्बईको बंगला उनको प्रोडक्शन हाउस मणिकर्णिका फिल्म्सको अफिसको रूपमा प्रयोग गरिन्थ्यो। उनले यो मंगला कोइम्बटूरकी श्वेता बथिजालाई ३२ करोडमा बेचेकी हुन्।

यसलाई बेचेर उनले १२ करोड रुपैयाँ नाफा कमाएकी छिन्।

यो सम्पत्ति मुम्बईको पाली हिल, बान्द्रा जस्ता पॉश क्षेत्रमा छ। कंगनाले यसलाई २०१७ मा २० करोडमा किनेकी थिइन्।

यो पाली हिलमा अवस्थित कंगनाको त्यही सम्पत्ति हो जसलाई बीएमसीले सेप्टेम्बर २०२० मा क्षति पुर्याएको थियो। त्यसपछि अनाधिकृत निर्माण गरेको भन्दै उनको बंगलामा तोडफोड भएको थियो।

कंगनाको फिल्म ‘इमर्जेन्सी’ ले केही परिवर्तनपछि सेन्सर सर्टिफिकेट पाएको छ। सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनले फिल्मलाई युए प्रमाणपत्र दिएको छ।

सीबीएफसीले यस फिल्मका धेरै दृश्यहरूमा आपत्ति जनाएको थियो। अब यो फिल्म धेरै कटौती र परिवर्तन पछि केहि हप्तामा रिलिज हुनेछ। यसअघि यो फिल्म ६ सेप्टेम्बर २०२४ मा रिलिज हुने भनिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .