ad ad

कला


ब्रेकअपपछि पनि सौगात र सृष्टिको सहकार्य

ब्रेकअपपछि पनि सौगात र सृष्टिको सहकार्य

नेपालखबर
असोज ६, २०८१ आइतबार १२:३७, काठमाडौँ

धेरैजसो कलाकार ब्रेकअपपछि एकसाथ सहकार्य गर्न हिच्किचाउँछन्। तर, सौगात मल्ल र सृष्टि श्रेष्ठ भने ब्रेकअपपछि पनि एकसाथ काम गरिरहेका छन्।

केही समयअघि सौगात र सृष्टि फिल्म ‘भाइरल गोर्खे’ मा अनुबन्धित भएका थिए। उनीहरुले यस फिल्मको सुटिङ समेत सकिसकेका छन्। 

यसैबीच, फिल्म ‘विनोद’ मा सौगातको जोडीको रुपमा सृष्टि देखिने भएकी छिन्। यस फिल्मको एआई जेनेरेटड पोस्टर सार्वजनिक गरिएको छ। उक्त पोस्टरमा सौगात मल्लको मात्रै नाम लेखिएको छ। 

तर, उक्त पोस्टरले सृष्टि आफ्नो सामाजिक सञ्जालमा सेयर गरेकी छिन्। स्रोतकाअनुसार यस फिल्ममा सृष्टिको पनि अभिनय हुनेछ।

प्रेमसम्बन्धमा छँदा पनि जता सौगात उतै सृष्टि भन्दा फरक नपर्ला

 किनकी यसअघि सौगात र सृष्टिले द सेक्रेट्स अफ राधा, माइकल अधिकारी, द रेड सुटकेस, पोइ पर्‍यो काले, माछा माछा लगायतका फिल्ममा समेत एकसाथ काम गरिसकेका छन्। 

अझ आफूले खेल्ने फिल्ममा सौगातले नै सृष्टिलाई सिफारिस गर्ने गरेको समेत भन्ने गरिन्थ्यो। 

बलिराम चौहानको निर्देशनमा बन्ने यस फिल्मको छायांकन मंसीरबाट सुरु हुनेछ। पौराणिक कथामा निर्माण हुने यो फिल्म प्रिरियोडिक वार ड्रामा हो। यस फिल्ममा सौगात र सृष्टिसहित प्रकाश घिमिरे, प्रवीण खतिवडा, दिव्य देव लगायतको अभिनय रहनेछ। 

अहिले पीताम्बरको सुटिङको व्यस्त रहेका सौगातले ‘विनोद’ को सुटिङअघि ‘बलिदान’ र ‘कल्ली’ को सुटिङ सक्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .