ad ad

कला


हलबाट ‘बेहुली फ्रम मेघौली’ ले पायो हालसम्मकै उच्च शो

हलबाट ‘बेहुली फ्रम मेघौली’ ले पायो हालसम्मकै उच्च शो

नेपालखबर
असोज १६, २०८१ बुधबार १७:२९, काठमाडौँ

घटस्थापनाको दिन रिलिज हुने फिल्म ‘बेहुली फ्रम मेघौली’ ले हलहरूबाट उत्साहजनक शो पाएको छ। वितरक कम्पनी डीसीएनले यस फिल्मले हालसम्मकै उच्च शो पाएको दाबी गरेको छ। 

यस फिल्मलाई देशभरिका मल्टिप्लेक्स हलहरुले निकै राम्रो शो दिएका छन्। पहिलो दिनका लागि यस फिल्मले ३४० शो पाएको छ।

वितरक कम्पनी डीसीएनका प्रमुख अशोक शर्माले यो हालसम्मै उच्च शो पाउने नेपाली फिल्म भएको दाबी गरे। उनका अनुसार निकै चर्चामा रहेका ब्रान्ड फिल्मले पनि यति धेरै शो एकसाथ पाएका थिएनन्। 

डिसीएनकै बजार तथा वितरण प्रमुख दीपक दंगालले ३४० शोसहित भोलि फिल्म रिलिज हुन लागेकोमा खुसी व्यक्त गरे।

‘भोलिबाट रिलिज हुने यस फिल्मले पहिलो दिनका लागि ३४० शो पाएको छ। जुन नेपाली फिल्मका लागि ऐतिहासिक हो। किनकी यति धेरै शो कुनै फिल्मले पाएका थिएनन्,’उनले भने, ‘नेपाली फिल्म नचल्ने हलमा पनि यो फिल्म लाग्दैछ। भोजपुरी र हिन्दी फिल्म मात्र लाग्ने भेगबाट पनि नेपाली फिल्मको माग राम्रो छ।’ 

बिहीबार राम्रो व्यापार गर्न सकेको खण्डमा अझै शो बढ्ने उनको विश्वास छ। 

यस फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्का मुख्य भूमिकामा छन्। 

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्म्सको  ब्यानरमा निर्माण भएको फिल्मको साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ। यो उनीहरूको यो डेब्यु निर्देशकीय फिल्म हो। 

अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा श्रीमान् निश्चल बस्नेतले सघाएका छन्। फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन्। 

त्यसैगरी, वसुन्धरा भुसाल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर शिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .