ad ad

कला


‘ज्वाइँ साब’ को प्रदर्शन रोक्न उजुरी, जितु भन्छन्- मलाई थाहा छैन

‘ज्वाइँ साब’ को प्रदर्शन रोक्न उजुरी, जितु भन्छन्- मलाई थाहा छैन

नेपालखबर
असोज १६, २०८१ बुधबार १७:५८, काठमाडौँ

असोज २४ गतेबाट रिलिज हुने ‘ज्वाइँ साब’ को प्रदर्शन रोक्न उजुरी परेको छ। नरेन्द्रबहादुर नेम्वाङले ‘ज्वाइँ साब’ सहित ‘देववानी’ को प्रदर्शन रोक्न नेपाल चलचित्र निर्माता संघमा उजुरी दिएका हुन्। 

आफूसँग १० लाख रुपैयाँ ठगी गरेर ती चलचित्रमा लगानी गरिएको नेम्वाङको दाबी छ।

उनले मौसम फिल्मस् प्रालिका तर्फबाट चलचित्र ‘निलकाँडा’ मा आफूले पनि अभिनय गर्ने र मुनाफाको आधा पाउने सर्तमा पटक–पटक गरी १० लाख रुपैयाँ दिएको उजुरीपत्रमा उल्लेख छ। 

पछि आफूलाई बेग्लै ३५ लाखको चेक दिइएको तर, उक्त चेक बाउन्स भएको समेत उनले खुलाएका छन्। आफूले पहिले दिएको १० लाख रुपैयाँ अहिले दुईवटा चलचित्रमा लगानी गरिएको भन्दै उनले प्रदर्शन रोक्न माग गरेका हुन्। 

वसन्त निरौला निर्देशित फिल्मका निर्माता मिनादेवी खड्का, पदमलाल तामाङ र सौगात पण्डित हुन्।

फिल्ममा जितु नेपालसहित नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ। 

जितुले भने आफूलाई यो बारेमा खासै थाहा नभएको बताए।

उनले नेपालखबरसँग भने, ‘मलाई त्यस्तो धेरै थाहा छैन। तर, टिममा मिनादेवी खड्काले पहिले लगानी गर्छु भनेर थोरै पैसा दिएर मेरो नाम राख्दिनु भन्नुभएको रहेछ। पछि बाँकी पैसा नदिएको भन्ने छ। जसकारण उहाँलाई अब निर्माताबाट हटाउने कुरा छ। अब ट्रेलरमा उहाँको नाम आउँदैन। यसको निर्माता त राजकुमार पण्डित हुनुहुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .