रोचक


दुर्लभ खगोलीय दृश्य : शुक्रबार राति देखिँदैछ ‘कालो चन्द्रमा’

दुर्लभ खगोलीय दृश्य : शुक्रबार राति देखिँदैछ ‘कालो चन्द्रमा’

नेपालखबर
जेठ ५, २०८० शुक्रबार १५:१८, काठमाडौँ

शुक्रवार राति आकाशमा दुर्लभ खगोलीय दृश्य देखिँदैछ। बट सावित्री औँसीको रातमा कालो चन्द्रमा देखिने भएको हो।

यसलाई खगोलीय वैज्ञानिकहरु ‘ब्ल्याक मुन’ पनि भन्छन्। करिब २९९ महिनामा एक पटक यो खगोलीय दृश्य देख्न पाइन्छ।

सन् २०२१ मा यस्तो दृश्य देखिएको थिएन। विरलै देख्न पाइने भएकाले खगोलविदहरुले यसलाई दुर्लभ भनेका हुन्। 

आज औंसीको राति चन्द्रमा ‘ब्ल्याक मुन’का रुपमा देखिने खगोलविद्हरुको भनाइ छ। औँसीमा नदेखिने चन्द्रमाको नामाकरणमा पनि खास अर्थ छ। 

२१ मार्च देखि २१ जुनमा समाप्त भइरहेको तीन महिना लामो खगोलीय वसन्त ऋतुमा चारवटा औँसी पर्छन्। शुक्रवार तेस्रो औँसी हो। तीन महिनाको कुनै सिजनमा चार औँसी परे भने तेस्रो औँसीलाई ‘ब्ल्याक मुन’ भनिन्छ। 

पछल्ला केही वर्षयता यो शब्द प्रचलनमा आएको हो। यस्तो घटना पनि लगभग ३३ महिनाको फरकमा हुन्छ। आमरुपमा एक महिनामा एक पूर्णिमा र एक औँसी आउँछन्। 

‘ब्ल्याक मुन’ को परिभाषाअनुसार जब एक महिनामा दुई औँसी पर्छन्, तब दोस्रो औँसीलाई ‘ब्ल्याक मुन’ भनिन्छ। 

यस्तो लगभग हरेक २९ महिनामा एक पटक हुन्छ। एक अन्य परिभाषाअनुसार यदि फेब्रुअरीमा औँसी नपरे जनवरी र मार्चमा दुई औँसी पर्छन्।

यसलाई पनि ‘ब्ल्याक मुन’ भनिएको छ। यो संयोग सन् २०२३ मा देख्न पाइँदैछ। 

औँसीमा चम्किलो भाग देखिँदैन
चन्द्रमा आकाशमा सदैव रहन्छ। तपाईंलाई लाग्न सक्छ, औँसीमा चन्द्रमा गायब हुन्छ तर त्यो गलत हो। चन्द्रमा सदैव हुन्छ तर उसको चम्किलो सतह या त्यसमा पर्ने प्रकाश पृथ्वीतर्फ पर्दैन। यहीकारण उसको छाया मात्रै पृथ्वीबाट देख्न सकिन्छ। 

हरेक सालमा दुईदेखि पाँच पटक सूर्यग्रहण लाग्दा पनि चन्द्रमाले पूर्ण या आंशिक रूपमा सूर्यलाई ढाकिदिन पनि सक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .