रोचक


कोरोना भाइरसबाट जोगिन भन्दै घोडाको औषधि सेवन!

कोरोना भाइरसबाट जोगिन भन्दै घोडाको औषधि सेवन!

नेपालखबर
बैशाख १, २०७८ बुधबार १२:२६,

यस प्रकोप फैलिएको एकवर्ष भन्दाबढी भइसकेको छ। खोप बनेर भाइरसविरुद्ध खोप कार्यक्रम संचालन भइरहेका छन्।

यद्यपी यो भाइरसको प्रभाव कम भएको देखिँदैन। दिनदिनै यसको संक्रमण बढ्दो छ। हाल सबैभन्दा बढी प्रभावित देखिएको भारतमा दैनिक एक लाखभन्दा बढी संक्रमित थपिरहेका छन्।

यसबीचमा फिलिपिन्सका मानिसहरुले कोरोनाबाट जोगिन भन्दै घोडाले खाने औषधिको सेवन गर्न थालेको खबर सार्वजनिक भएको छ।

त्यहाँको सरकारले घोडामा प्रयोग गरिने औषधिबारे कुनै निर्णय लिएको छैन।

यद्यपी कोरोनाविरुद्धको खोप निकै कम मात्रमा उपलब्ध भएकाले आफवाहको रुपमा फैलिएको सूचनालाई सत्य मान्दै मानिसहरुले ‘आइवरमेक्टिन’ नामको औषधि सेवन गर्न थालेको बताइएको छ।

केही नेता र सामाजिक संजालमा प्रभावशाली रहेका व्यक्ति यो औषधिको प्रचारमा लागेको बताइएको छ।

स्वास्थ्य अधिकारीहरुका अनुसार यो औषधिलाई कोरोना उपचारमा सूचीकृत गरिएको छैन। उनीहरुले यो औषधि प्रयोग नगर्न चेतावनी दिँदै आएका छन्। दैनिक भास्कर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .