ad ad

रोचक


जसले कोरोना खोप २१७ पटक लगाए!

जसले कोरोना खोप २१७ पटक लगाए!

नेपालखबर
फागुन २४, २०८० बिहिबार ६:५३, काठमाडौँ

जर्मनीमा एकजना ६२ वर्षीय व्यक्तिले चिकित्सकको सल्लाहविपरीत कोरोनाविरुद्धको खोप २१७ पटक लगाएको पाइएको छ।

यो अनौठो घटना 'द ल्यान्सेट इन्फेक्सियस डिजिज' जर्नलमा रेकर्ड गरिएको छ।

ल्यान्सेट रिपोर्टका अनुसार ती व्यक्तिले जानाजानी व्यक्तिगत कारण यी खोप किनेर ल्याए र लगाए। यी खोप २९ महिनाभित्र उनले लगाएका थिए। 

युनिभर्सिटी अफ एर्लान्जेन-नुरेम्बर्गका अनुसन्धानकर्ताहरूले भ्याक्सिनको यति धेरै डोज लगाए पनि ती व्यक्तिमा कुनै साइड इफेक्ट नदेखिएको बताएका छन्।

युनिभर्सिटीको माइक्रोबायोलोजी विभागका डा किलियन शोबरले भने: "हामीले यो केसको बारेमा एउटा पत्रिकाको लेखबाट थाहा पायौँ। त्यसपछि हामीले ती व्यक्तिलाई सम्पर्क गर्‍यौँ र विभिन्न परीक्षणका लागि एर्लान्जेन आउन आग्रह गर्‍यौँ। यसमा धेरै चासो थियो।"

यी व्यक्तिले आफ्नो रगत र र्‍यालका ताजा नमुना दिए। अनुसन्धानकर्ताहरूले उनकाे जमेको रगतका नमुना पनि जाँच गरे।

ती नमुनाबाट खोप लगाउँदा प्रतिरक्षा प्रणालीले कस्तो प्रतिक्रिया देखाउँछ भनेर पत्ता लगाउने प्रयास गरिएको डा. शोवरले बताए।

कोरोना भ्याक्सिनले कुनै पनि प्रकारको संक्रमण गराउँदैन तर यसले शरीरलाई कुनै पनि रोगसँग लड्ने तरिका सिकाउन सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .