प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आज म्याग्दीमा १ सय ७ वर्षीय व्यक्तिले मतदान गरेका छन्।
जिल्लाको मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गरेको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिए।
म्याग्दीका १ सय २० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान भइरहेको छ। म्याग्दीमा ८६ हजार मतदाता छन्। यहाँ प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन्। रासस
12
Shares
प्रतिक्रिया