ad ad

गण्डकी


गण्डकीमा आज सभामुखको निर्वाचन

गण्डकीमा आज सभामुखको निर्वाचन

नेपालखबर
पुस ३०, २०७९ शनिबार ९:६, गण्डकी

गण्डकी प्रदेशसभामा आज सभामुखको निर्वाचन हुने भएको छ। आज दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख चयन गर्नेगरी प्रदेशसभा सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो।

कार्यक्रमअनुसार आज बिहान ११ बजेदेखि दिउँसाे १ बजेसम्म प्रदेशसभा सचिवालयमा सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ। उक्त समयभित्र दर्ता भएका उम्मेदवारीको सूची दिउँसो साढे १ बजे प्रकाशन गर्ने जनाइएको छ। 

त्यसैगरी दिउँसाे ३ बजेको बैठकमा उम्मेदवारीको सूचनाबारे छलफल भई निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए। सत्ता गठबन्धनमा गण्डकीमा नेकपा एमालेले मुख्यमन्त्री र माओवादी केन्द्रले सभामुख पाउनेगरी भएको सहमतिअनुसार एमालेका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन्। 

गठबन्धनबाट माओवादीका सभामुखमा कृष्णप्रसाद धिताल उम्मेदवार बन्ने भएका छन्। नेपाली कांग्रेसले भने हालसम्म उम्मेदवार तय गरिसकेको छैन। कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ। साठी सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .