ad ad

गण्डकी


ज्रेब्राक्रसमै पैदलयात्रुलाई क्रेनको ठक्कर, यात्रुको निधन

ज्रेब्राक्रसमै पैदलयात्रुलाई क्रेनको ठक्कर, यात्रुको निधन

नेपालखबर
बैशाख २९, २०८० शुक्रबार २२:३, पोखरा

पोखरामा क्रेनको ठक्करबाट जेब्राक्रसबाट बाटो काट्न लागेकी एक यात्रुको निधन भएको छ। पोखराको मालेपाटनस्थित पोखरा– बागलुङ सडक खण्डमा रहेको जेब्राक्रसबाट आधा सडक पार गरिसकेकी यात्रुलाई ग १ क ५८०५ नम्बरको क्रेनले दिउसो सवा एक बजेतिर ठक्कर दिएको थियो। 

ठक्करबाट कास्की माछापुछ्रे गाउँपालिका वडा नं।७ लाहाचोक बस्ने वर्ष ३८ की धना अधिकारी घाइते भइन्।

उनलाई तत्काल  गण्डकी मेडिकल कलेज पठाइयो। उपचारकै क्रममा उनको निधन भएको कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।

पोखरामा ट्राफिक सप्ताह चलिरहेको बेला दुर्घटना गर्ने क्रेन र चालकलाई नियन्त्रणमा लिइएको उनले बताए। जेब्राक्रसमै यात्रुलाई ठक्कर दिएपछि उनका आफन्तहरुले राजमार्ग अवरुद्ध गरे।

केही समय सडक अवरुद्ध गर्ने तथा प्रहरीबीच झडप पनि भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .