ad ad

गण्डकी


एकीकृत समाजवादी नवलपुरका अध्यक्ष र उपाध्यक्ष दुवै एमालेमा प्रवेश गरे

एकीकृत समाजवादी नवलपुरका अध्यक्ष र उपाध्यक्ष दुवै एमालेमा प्रवेश गरे

नेपालखबर
फागुन १५, २०८० मंगलबार १८:३७, नवलपुर

नेकपा एकीकृत समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्षसहित नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्।

उनीहरूलाई एमाले नवलपुर जिल्ला पाटी कार्यालयमा केन्द्रीय उप महासचिव पृथ्वीसुब्बा गुरुङले  पार्टीमा स्वागत गरेका छन्।

एमाले जिल्ला कमिटीको आयोजनामा भएको 'घरफर्क अभियान' अन्तर्गत एकीकृत समाजवादी र नेकपा माओवादी नेताहरूलाई प्रवेश गराइएको हो।

कार्यक्रममा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष एवम् गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य झविलाल लालरान, प्रदेश सचिवालय सदस्य दुर्गा भुत्येल, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य खगराज कँडेल, जिल्ला कमिटी उपाध्यक्ष एवम् युवा संघ इन्चार्ज प्रेम पाण्डेसहित जिल्ला कमिटी सदस्यहरू एमालेमा प्रवेश गरे।

त्यसैगरी युवा संघ जिल्ला अध्यक्ष, देवचुली नगर कमिटी, हुप्सेकोट गाउँ कमिटी अध्यक्षसहित कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन्।

त्यस्तै नेकपा माओवादी जिल्ला सदस्य तुलसीराम अर्याल, डनु गिरी, टीकाराम पाण्डे, कावासोती-१३ का अध्यक्ष जीवन सापकोटासहित १२ जना कार्यकर्ता एमाले प्रवेश गरेका छन्। 

गत हप्ता मात्रै एकीकृत समाजवादी पाटीका केन्द्रीय सदस्यद्वय शालिकराम भट्टराई र डा. गोपाल खनाललाई पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै उपमहासचिव गुरुङले विगतमा बाटो बिराएकाहरू अहिले आफ्नै घर आएकोमा धन्यवाद दिए। उनले घर फर्किएकालाई पार्टीले उचित जिम्मेवारी दिने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .