ad ad

गण्डकी


भीरमा अड्किएको जिपभित्र २ जनाको शव

भीरमा अड्किएको जिपभित्र २ जनाको शव

दुर्घटनाग्रस्त जिप


नेपालखबर
चैत ५, २०८० सोमबार १०:५६, म्याग्दी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ नेपानेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार जाँदै गरेको ग१ज ७६५३ नम्बरको जिप दुर्घटना भएको हो।

घटनास्थलमा सवारी धनी एवं चालक अन्दाजी ३७ वर्षका गणेश श्रेष्ठ र पाउद्वारका अन्दाजी २७ वर्षीय लालबहादुर तिलिजाको शव भेटिएको अन्नपूर्ण गाउँपालिका–५ का वडासदस्य पूर्ण पाइजाले जानकारी दिए।

सडकदेखि करिब २०० मिटर तल  खोँचमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जिपभित्र दुई जनाको शव फेला परेको उनले बताए।

‘हिजो राति पोखरेबगरबाट छुटेको जिप पाउद्वार नपुगेको खबर आएपछि खोज्ने क्रममा आज बिहान ८ बजेतिर भीरमा अड्किएको अवस्थामा फेला परेको हो,’, उनले भने। 

दुर्घटनाग्रस्त जिप

प्रहरी नायब उपरीक्षक मदन कुँवरले घारा र भुरुङ तातोपानीबाट प्रहरीको टोली घटनास्थल पुगेर शव सङ्कलन, पहिचान र अनुसन्धान थालेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .