गण्डकी प्रदेशसभाको बैठक सुरु भएको छ। बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दोस्रोपटक विश्वासको मत मागेका छन्।
उनले सबै दलहरूसँग विश्वासको मत मागेका हुन्।
संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका पाण्डेलाई विश्वासको मत हासिल गर्न ३१ प्रदेशसभा सदस्यको साथ चाहिन्छ।
प्रमुख प्रतिपक्षी एमालेसँग २२ र सभामुखसहित माओवादीसँग ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ तथा स्वतन्त्र सांसद दीपक मनाङेसहितको ६० सदस्यीय संसदमा बहुमत जुटाउन उनलाई सजिलो छैन।
राप्रपाकै समर्थन भयो भने पनि कांग्रेसलाई दुईजना सांसद अझै अपुग हुन्छ।
स्वतन्त्र सांसद दीपक मनाङेले सार्वजनिक रुपमै मध्यावधिमा जान नदिने र जसले ३० जनाको समर्थन जुटाउँछ आफू उतै लागेर ३१ अर्थात् बहुमत पुर्याइदिने बताउँदै आएका छन्।
सोमबारको बैठकमा मनाङे विपक्षीकै बेञ्चमा बसेका छन्।
मनाङेले विश्वासको मत दिँदा पनि मुख्यमन्त्री पाण्डेलाई अझै एकजना सांसदको समर्थन चाहिन्छ। त्यो भनेको नेपाल समाजवादी पार्टी (नेसपा) का केन्द्रीय सदस्यसमेत रहेका फणिन्द्र देवकोटाको समर्थन हो।
तर, उनी पनि आजको बैठकमा विपक्षी बेन्चमै बसेका छन्। उनीहरू दुवैको मत पाउन पाण्डेलाई जरुरी छ।
Shares
प्रतिक्रिया