ad ad

गण्डकी


बाढीपहिरो पीडितका लागि गण्डकी सरकारको ५० लाख

बाढीपहिरो पीडितका लागि गण्डकी सरकारको ५० लाख

नेपालखबर
असोज १७, २०८१ बिहिबार १८:८, पोखरा

गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए।

प्रदेश सरकारले विपद्बाट प्रभावित नागरिकको उद्दार, उपचार, राहत, पुनर्निर्माणलगायतका कार्यमा संघ सरकारसँग आवश्यक समन्वय निरन्तर गर्ने जनाएको छ। 

यस्तै बैठकले गण्डकी प्रदेश भित्र विपद्का कारण भएको क्षतिको अध्ययन गर्न समिति गठन गरेको छ।

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा. प्रेरणा सेढाईंको संयोजकत्वमा उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सीडीइ हरिदत्त पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकाल सदस्य रहने गरी समिति गठन गरिएको हो।

समितिले प्रदेशभर विपद्ले पु¥याएको क्षतिको मूल्याङ्क गरी काम सुरु गरेको १५ दिन भित्र सुझावसहितको प्रतिवेदन सरकार समक्ष पेस गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .