जिल्ला अदालत बागलुङले इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई ठगी प्रकरणको पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
थुनछेक बहस सकिएपछि मंगलबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले थुनामा राख्न आदेश दिएको हो। सहकारीको वित्तिय अवस्था समेतलाई मध्यनजर गरी नेपालीलाई थुनामा राख्न आदेश दिइएको हो।
उनीसँगै पक्राउ परेका ओमप्रसाद दर्जीलाई भने एक लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ। नेपालीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको छ।
75
Shares
प्रतिक्रिया