ad ad

गण्डकी


बेँसीसहर–चामे सडकको लमजुङ खण्ड पुनः संचालन

बेँसीसहर–चामे सडकको लमजुङ खण्ड पुनः संचालन

बेँसीसहर-चामे सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका वडा नं ४ हावाडाँडास्थित सडकमा झरेको पहिरो पन्छाउँदै सुरक्षाकर्मी। तस्बिरः जनक श्रेष्ठ/रासस


नेपालखबर
असार २२, २०८१ शनिबार १८:३१, लमजुङ

पहिराले शनिबार बिहानैदेखि अवरुद्ध बेँसीसहर-चामे सडकको लमजुङ खण्ड पुनः संचालन भएको छ। 

बेँसीसहर नगरपालिका–६ खरखरेभीर र मर्स्याङ्दी गाउँपालिका–४ जगत नजिकै हावाडाँडामा गएको पहिरो हटाएसँगै पुनः सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

पहिरो हटाएर सडक सञ्चालनमा आए पनि फेरि ठूलो वर्षात् भएमा कुनै पनि बेला सडक अवरुद्ध हुन सक्ने प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताए। 

बाढीले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग पनि सञ्चालन हुन थालेको छ। अविरल वर्षासँगै आज बिहान मध्यनेपाल नगरपालिका–६ पिस्ती खोलामा आएको बाढीले अवरुद्ध सडक पानीको सतह घटेसँगै सवारी सञ्चालनमा आएको प्रहरीले जनाएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .